२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसको केन्द्रीय सदस्य सिफारिस गर्ने जिम्मेवारी प्रदेशलाई



अ+ अ-

काठमाडौँ।  नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले सबै प्रदेशका इञ्चार्ज र सचिवलाई केन्द्रीय सदस्यको नामावली सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज सम्पन्न बैठकले भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर क्षमताका आधारमा सम्बन्धित प्रदेशले केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा पठाउन जिम्मेवारी प्रदान गरेको नेकपा ९एकीकृत समाजवादी०का नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यको अन्तिम टुङ्गो केन्द्रीय कमिटीले लगाउने छ । बैठकमा बाँकी पदाधिकारी व्यवस्थापन गर्न कार्यविधि तथा मापदण्ड बनाएर कमिटीलाई पूर्णता दिने विषय र मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे समीक्षा गरिएको थिया े।

पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।

शुक्रबार सम्पन्न नेकपा एसको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिवसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी रहने व्यवस्था गरिएको छ ।