१ असार २०८३, सोमबार
,
Latest
सरकार गैरजिम्मेवार बनेको सांसद अध्यक्ष राईको आरोप, पूर्वाधार मन्त्रीको अभिव्यक्तिको आलोचना परराष्ट्रमन्त्री खनाल र सिपिसी विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता, के-के भयाे कुराकानी ? अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि अनुमोदन गरेको १६ वर्षपछि ६ वटा सम्पदा परे राष्ट्रिय सूचीकरणमा एमाले कुनैपनि छानबिन र अग्नि परीक्षा सामना गर्न तयार छः सांसद बराल मन्त्रीहरू अनुपस्थित भएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित सरकारको विकास बजेट कार्यान्वयन निराशाजनक, पुँजीगत खर्च लक्ष्यभन्दा धेरै पछाडि रोजगार सेवा केन्द्र र निजी क्षेत्रबीच सहकार्य बढाउन सरोकारवालाको जोड अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह सुर्खेतमा सामुदायिक वनको रकम हिनामिना गरेकाे आरोपमा तीन जनाविरुद्ध अख्तियारको मुद्दा जेन-जी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास निर्माणको सेवा प्रवाह अवस्थाबारे अनुगमन



अ+ अ-

काठमाडौं । वाग्मती प्रदेशअन्तर्गत जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका विभिन्न पालिका (स्थानीय तह) मा विकास निर्माणको पछिल्लो सेवा प्रवाहको अवस्थाबारे अनुगमन थालेको छ । 

जिल्लाभित्र विभिन्न पालिकाभित्र सञ्चालन भएको विकास निर्माणको योजनाको अवस्था साथै ती पालिकाले जनतालाई पु¥याउँदै आएको सेवा प्रभावको पछिल्लो अवस्थाबाट प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसहितको टोलीले अनुगमन गरेको हो  । प्रमुख जिल्ला अधिकारी रिजालको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख सम्मिलित टोली आज जिल्लाको राक्सिराङ र कैलाश गाउँपालिका पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएको छ ।  

अनुगमनपश्चात् प्रमुख जिल्ला अधिकारी रिजालले पालिकाभित्र हुने सबै विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउने र सेवा प्रभावलाई थप सजिलो बनाउन प्रशासनकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुवै गाउँपालिकामा भएको दुई फरकफरक कार्यक्रममा सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले त्यहाँका विविध विषयवस्तुबारे थप प्रकाश पारेका थिए । 

दुई महिनाअघि सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी रिजालले आगामी दिनमा जिल्लाका अन्य पालिकामा समेत पुगेर त्यहाँ विकास निर्माणको अवस्था र कार्यालयबाट पु¥याइने सेवा प्रभावबारे अनुगमन गरी आवश्यक स्थानमा थप सुधार गर्ने लक्ष्य रहेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।




भर्खरै