२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपको सेमिफाइनलमा कुन–कुन टिम भिड्दैछन् ?



अ+ अ-

काठमाडौँ । जर्मनीमा भइरहेको युरो कप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ ।

गएराति भएका दुई खेलका विजेतासँगै प्रतियोगिताको सेमिफाइनल खेल्ने चार टोलीको टुंगो लागेको हो ।

सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सेमिफाइनल मंगलबार मध्यरातमा १२ः४५ बजे हुनेछ भने दोस्रो सेमिफाइनल बुधबार मध्यरातमा १२ः४५ बजे हुनेछ ।

क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई हराएको थियो भने फ्रान्सले पोर्चुगलमाथि जित निकालेको थियो । यस्तै, इंग्ल्यान्डले स्वीट्जरल्यान्डलाई तथा नेदरल्यान्ड्सले टर्कीलाई हराएको हो ।