१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

उर्लिएको नारायणीमा एक पुरुषले साइकल पुलमै छाडेर हामफाले



अ+ अ-

चितवन । नारायणगढस्थित नारायणी नदीको पुलबाट आइतबार बिहान एक पुरुष हामफालेर बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार बिहान पौने ११ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी उर्लिएको नारायणीमा हामफालेर बेपत्ता भएका हुन् ।

पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान भएको छैन । पुरुष हामफालेको उक्त स्थानमा अहिले विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको छ ।

ती पुरुषले छाडेको साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका छन् । पुलबाट हामफालेर बेपत्ता ती पुरुषको खोजी जारी छ ।