२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले भन्यो: संविधानको धारा ७६ (२) बमोजिम ओली प्रधानमन्त्री बन्नुहुन्छ, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैनौँ



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताएको छ ।

शनिवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुम सचेतक रमेश लेखकले ओली नेतृत्वको सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने बताउनुभएको हो । संविधानको धारा ७६ को २ मा सरकार गठन भइसकेपछि ७६ को २ बमोजिम नियुक्त हुनुहुने प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने र त्यो काम प्रधानमन्त्री पुष्पकमल दाहालले पूरा गरिसक्नुभएको बताउनु भयो । उहाँले अहिलेको विश्वासको मतको प्रश्ताव धारा १०० बमेजिम विश्वासको मतको प्रश्ताव प्रश्तुत गर्नुपर्ने बताउनु भयो । उहाँले राजनीतिक रुपमा काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेपछि स्वभाविक रुपमा अहिलेको सरकारका विपक्षमा दुई तिहाई भन्दा बढी मत भएपछि नयाँ सरकार गठन हुने बताउनु भयो । नयाँ सरकार गठन हुन ७६ (३) मा जानु नपर्ने र ७६(२) अनुसार नै नयाँ सरकार गठन हुने बताउनु भयो । ७६ (२) अनुसार लिनुपर्ने विश्वासको मत लिइसक्नुभएको र त्यसमा असफल भएको खण्डमा मात्रै ३ मा जाने अवस्था आउने बताउनु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते लिने विश्वासको मतको विपक्षमा पार्टीले मतदान गर्ने निर्णइ गरेको पनि बताउनु भयो । उहाँले बैठकले नेपाली काँग्रेस र नेकपा एमालेबीच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर सहमति भएको र आजको संसदीय दलको बैठकले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको बताउनु भयो । उहाँले बैठकले संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरुको समीक्षा गरेर संविधानलाई समसामुहिक रुपले संशोधन, परिमार्जन गर्ने, संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रतात्क शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्नेकुराको कार्यान्वयन गर्ने निर्णय गरेको बताउनु भयो । नयाँ बन्ने सरकार राष्ट्रिय सहमतिको सरकार हुने र पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो चरणमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमतिलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्ने निर्णय गरेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेस र नेकपा एमालेबीच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर सहमति भएको छ । आजको संसदीय दलको बैठकले नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको छ ।

नेपाली काँग्रेस र नेकपा एमाले बीचमा राष्ट्रिय स्वार्थको रक्षा गर्नका निमित्त, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न, शिथिल भएको अर्थतन्त्रलाई क्रियाशिल गर्नका निमित्त र अहिले संविधानको अभ्यास भएको ८ वर्ष भएको छ । संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरुको समीक्षा गरेर संविधानलाई समसामुहिक रुपले संशोधन, परिमार्जन गर्ने सवाल । संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रतात्क शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्ने विषय र त्यसका सँगै अहिलेको सरकार जुन बन्नेवाला छ, गठन हुन्छ, राष्ट्रिय सहमतिको सरकार त्यसमा पहिलो चरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीजीले र दोस्रो चरणमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने जुन सहमति छ, त्यसलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्दछौँ ।

राष्ट्रिय सहमतिको सरकार निर्माणको जुन सहमति भएको छ, काँग्रेस र एमालेबीच त्यो सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने सरकार हो । त्यो सरकार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्युको नेतृत्वमा बन्छ । अहिले सम्माननीय प्रधानमन्त्रीज्युले यसै असार २८ गतेका दिनमा विश्वासको मतका लागि प्रतिनिधि सभामा प्रश्तुत हुनेगरी संसद सचिवालयमा पठाउनुभएको छ । आजको बैठकले सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मतको लागि राख्नुभएको प्रश्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

अहिलेको अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबानको समस्या उत्पन्न भएको छ । नागरिको जीवन असहज भएको छ । जुन परिस्थिति उत्पन्न भएको छ, त्यसबाट नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गर्ने र यो समस्यामा आफ्नो तर्फबाट सहयोग गर्न पार्टीका सबै संस्था र भ्रातृ र शुभेच्छुक संस्थालाई जुट्न आह्वान गरेको छ ।’

बैठकले अविरल वर्षाका कारण देशभर बाढी, पहिरो, डुबानको समस्या उत्पन्न भएको भइ नागरिको जीवन असहज भएको भन्दै नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले बैठकले समस्यामा आफ्नो तर्फबाट सहयोग गर्न पार्टीका सबै संस्था र भ्रातृ र शुभेच्छुक संस्थालाई जुट्न आह्वान गरेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल

फोटो- रासस