२० आश्विन २०८१, आईतवार
,
Latest
नवनियुक्त प्रधानन्यायाधीश राउतको पद तथा गोपनीयताको शपथ रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरु बनाउने तयारीमा छौँ: मन्त्री पौडेल  बाढी, पहिरोबाट भत्किएका अधिकांश सडकहरु दसैँअघि नै खुल्नेछन्ः मन्त्री दाहाल (अन्तरवार्ता) बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे अर्थको गृहकार्य सुरु पुरुषको तुलनामा महिलामा मानसिक स्वास्थ्य समस्याको जोखिम बढी सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक पदमार्ग र अन्नपूर्ण आधार शिविरमा खेलाडीद्वारा सरसफाइ दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको नवराजपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बाटो निर्माण गर्दा उनीहरूले १२ लाख सात हजार २६० रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा नवराजपुर गाउँपालिकाका इन्जिनियर कृष्णा साह, सब इन्जिनियर सन्तोषकुमार यादव, लेखापाल सोमप्रसाद आचार्य, उपभोक्ता समितिका अध्यक्ष जीवछकुमार यादव, कोषाध्यक्ष पुनमकुमारी देवी, सचिव रामउदगार मण्डल र नवराजपुर गाउँपालिकाको वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष खुसीलाल साह छन् ।

आर्थिक वर्ष २०७७/७८ मा नवराजपुर गाउँपालिका–२ स्थित मझौरा हुँदै बरगाछीदेखि पटनासम्म सडक ग्राभेल गर्ने कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा उनीहरूले नापी किताबमा उल्लेख भएबमोजिम फिल्डमा काम नगरी झुटा बिल बनाएर १२ लाख सात हजार २६० रुपैयाँ अनियमितता गरेको पाइएको अख्तियारले दायर गरेको अभियोग पत्रमा जनाइएको छ ।