८ पुष २०८२, मंगलवार
,
Latest
निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशमा भ्रष्टाचारका उजूरी बढ्दै



अ+ अ-

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा स्थानीय तहमा भ्रष्टाचार भएका उजूरी बढिरहेका छन् । 

पछिल्लो समय यहाँका स्थानीय तहमा भ्रष्टाचार बढिरहेका उजूरी आउनेक्रम बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले जनाएको छ । 

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा अख्तियारमा ४३२ उजुरी दर्ता भएका छन् ।  आयोगको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले दर्ता गर्न आउने अधिकांश उजुरी स्थानीय तहसँग सम्बन्धित रहेको जानकारी दिनुभयो । जनप्रतिनिधि तहमा आफू अनुकूल हुने दरबन्दी मिलानलगायत स्थानीय तहको अधिकार दुरुपयोग गरिरहेकोलगायतका शीर्षकमा उजूरी बढ्दै गएका छन् । 

“पछिल्लो समय आयोगले पनि आफ्नो सक्रियता बढाएको छ”, उहाँले भन्नुभयो, “नागरिक चेतनशील भएका कारण उजूरी बढ्दै गएका हुन् ।” स्थानीय तहमा पनि शिक्षा तथा वन कार्यालयसम्बन्धी उजूरी धेरै छन् । आयोगका अनुसार गत वर्षको तुलनामा उजूरीको सङ्ख्यामा वृद्धि भइरहेको छ । “यस प्रदेशमा सबैभन्दा बढी कैलालीे र सबैभन्दा कम बाजुरा जिल्लाका उजूरी छन् ।” सूचना अधिकृत जोशीले भन्नुभयो, “चालू आवको पहिलो चौमासिकमा बाजुराका १६, बझाङका ४२, दार्चुलाका ३५, बैतडी ३८, डडेल्धुरा २९, डोटी ६२, अछाम २७, कैलालीका ९२, कञ्चनपुर ९० र स्थान नखुलेको एकगरी हालसम्म ४३२ उजुरी दर्ता भएका छन् ।”

गत आव आयोगमा ९१२ उजूरी दर्ता भएका थिए । तीमध्ये आयोगले ७४१ दर्ता उजूरी फछ्र्यौट गरेको जोशीको भनाइ छ । आयोगले गरेको २७ स्ट्रिङ अपरेसनबाट रु ४० लाख ५५ हजार ६५० नगदसहित ४४ जना थलोमै पक्राउ परेका छन् । भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्घसंस्थाले सचेतनाको कमीका कारण यहाँ भ्रष्टाचार बढेको जनाएका छन् ।

नागरिक निगरानी संस्था कञ्चनपुरका सचिव कोमलनिरञ्जन भाटले सचेतनाको कमीका कारण सुदूरपश्चिममा भ्रष्टाचारसम्बन्धी उजूरीको सङ्ख्या बढेको बताउनुभयो । “भ्रष्टाचारविरुद्ध काम गर्ने सङ्घसंस्थाको पहुँच पनि न्यून छ”, सचिव भाटले भन्नुभयो, “राज्यको उपस्थिति भए पनि भ्रष्टाचारविरुद्धको सचेतनाको कमी छ ।” उहाँले भ्रष्टाचार हुन नदिने वातावरण सिर्जना गर्नुपर्ने जोड दिनुभयो ।