२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशिल बनउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी मोर्चाको बैठक बस्न ढिला भइसकेको बताउनु भयो । उहाँले अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको बताउनु भयो ।

उहाँले यसले केन्द्रमा मात्र नभइ प्रदेशमा पनि प्रभाव पार्ने बताउनु भयो । उहाँले नयाँ सरकारका काम, क्रियाकलापअनुसार राष्ट्रिय राजनीतिमा प्रभाव पर्ने बताउनु भयो । उहाँले नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता हेको बताउनु भयो । पुरानो सरकार कहिले बिदा हुने र नयाँ सरकारले कहिले आकार लिने भन्नेकुरा यत्तिकै भन्न नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रिय राजनीतिले पनि नयाँ मोड लिन खोजिरहेको छ । यसले केन्द्रमा मात्रै प्रभाव पार्ने छैन, प्रदेश प्रदेशमा पनि प्रभाव पार्नेछ । यसले एउटा क्षेत्रमा मात्रै प्रभाव पार्ने छैन, यो नयाँ सरकारका काम, क्रियाकलाप कस्तो हुनेछ, त्यसले राष्ट्रिय राजनीतिलाई पनि प्रभाव पार्नेछ । यस अर्थमा हामीले कसरी अघि बढ्ने हो ? यस बारेमा विभिन्न दलहरुसँग पनि वार्ता गर्नुपर्ने छ । समाजवादी मोर्चालाई क्रियाशिल गर्नुपर्नेछ । त्यसको निम्ति पनि बैठक बस्न ढिलो भइसकेको छ । अहिलेको नयाँ समीकरणको आधारमा नयाँ समीकरणमा सामेल हुने पार्टीहरुसँग पनि हामीले छलफल, परामर्श गर्नुपर्ने आवश्यकता छ । कुन ढंगले अघि बढ्ने हो ? कस्तो नीति लिनेछ ? कहिले आकार ग्रहण गर्नेछ, पुरानो सरकार कहिले बिदा हुनेछ, यि सबै कुरा यत्तिकै भन्न सकिँदैन, हाम्रो पनि सहभागिता र भुमिका रहने भएकाले यस कार्यमा पनि जुट्नुपर्ने छ ।’

अध्यक्ष नेपालले पार्टीको महाधिवेशनले राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेको बताउनु भयो ।