२१ भाद्र २०८३, आईतवार
,
Latest
देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, अनुसन्धान र प्रविधिको प्रयोगमा जोड बाढीपीडितका लागि रकम जुटाउन चिकित्सक भण्डारीको ‘धन्यवाद’ कन्सर्ट बाढीमा औषधि गुमाएका ज्येष्ठ नागरिकका लागि नुवाकोटमा निःशुल्क स्वास्थ्य शिविर भोटेकोशी–त्रिशूली बाढीपीडितप्रति उपत्यकावासीको ऐक्यवद्धता, बेपत्ताको खोजीमा राज्यलाई उच्च प्राथमिकता दिन आग्रह पृथ्वी राजमार्गको परेवा भीरमा सडक मर्मत जारी, आज साँझसम्म यातायात सञ्चालन गर्ने लक्ष्य कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति, उद्धार टोलीका लागि नुवाकोटबाटै हवाई इन्धन तादीखोलामा एक्रोब्रिज जडान तीब्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्कु देखाई लघुवित्तको रकम लुटपाट गर्ने दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले धारिलो हतियार देखाई लघुवित्तको रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

मुड्खु भञ्‍ज्याङ नजिक मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारी संगिता रोक्काले संकलन गरेकी दुई लाख आठ हजार छ सय रकम चक्कु देखाई लुटपाट गर्ने दुई जना पक्राउ परेका हुन् ।

सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–५ मुड्खु घर भएका बर्ष ३३ को सरोज परियार र रसुवा घर भई डल्लु बस्ने बर्ष २३ को संगम तामाङलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट एक लाख उनान्चालिस हजार पाँच सय रुपैयाँ नगद, बा ८३ प ५४२४ नम्बरको मोटरसाईकल र एक थान मोवाईल बरामत गरेको छ ।

उनीहरुमाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।