२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्कु देखाई लघुवित्तको रकम लुटपाट गर्ने दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले धारिलो हतियार देखाई लघुवित्तको रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

मुड्खु भञ्‍ज्याङ नजिक मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडका कर्मचारी संगिता रोक्काले संकलन गरेकी दुई लाख आठ हजार छ सय रकम चक्कु देखाई लुटपाट गर्ने दुई जना पक्राउ परेका हुन् ।

सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले तारकेश्वर नगरपालिका–५ मुड्खु घर भएका बर्ष ३३ को सरोज परियार र रसुवा घर भई डल्लु बस्ने बर्ष २३ को संगम तामाङलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट एक लाख उनान्चालिस हजार पाँच सय रुपैयाँ नगद, बा ८३ प ५४२४ नम्बरको मोटरसाईकल र एक थान मोवाईल बरामत गरेको छ ।

उनीहरुमाथि प्रहरी वृत्त बालाजुबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।