काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बिस्तार संगै केही मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्नुभएको छ । थपिएका मन्त्रीहरुले शुक्रबार साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियतको शपथ लिनु भएको छ ।
पुनर्गठित मन्त्रिपरिषदमा उर्जा मन्त्रालयको जिम्मेवारी टोपबहादुर रायमाझी लाई दिईएको छ । यसै गरी मणि थापा खानेपानी तथा सरसफाई , प्रभु साह शहरी विकास, प्रेम आले वन , गणेश ठगुन्ना सामान्य प्रशासनमन्त्री, गौरी शंकर चौधरी श्रम मन्त्री, दावा लामा युवा तथा खेलकुद मन्त्री, जुली कुमारी महतो महिला बालबालिका मन्त्री र विमला विश्वकर्मा उद्योग राज्यमन्त्री हुनुभएको छ । यस्तै केही मन्त्रिको जिम्मेवारी परिबर्तन भएको छ ।
भानुभक्त ढकाल पर्यटन, हृदयेश त्रिपाठी स्वास्थ्य, लीलानाथ श्रेष्ठ कानून, शिवमाया तुम्बाहाङ्फे भूमिसुधार पद्मा अर्यालले कृषि मन्त्रालय र कृष्णगोपाल श्रेष्ठ शिक्षा मन्त्रालयको जिम्मेबारी दिईएको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई बिदा गरिएको छ । नव नियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण लिएर मन्त्रिपरिषदको बैठकमा सहभागि हुनुभएको छ ।












