१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल



अ+ अ-

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ बन्ने सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्ने बताउनुभएको छ ।

बिहीवार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माण योगदान दिने, नेपाली विद्यार्थीको चाहना पूरा हुनेगरी काम नयाँ बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताउनु भयो । उहाँले नयाँ बन्ने सरकारले सरकारले स्वभाविक रुपमा अरु क्षेत्रका समस्या समाधानका साथसाथै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने बताउनु भयो । उहाँले केही दिनभित्रै अध्यक्ष ओलीको नेतृत्वमा सरकार निर्माण हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब तपाईंहरुले ठूलो आशा र भरोसाका साथमा, विश्वासको साथमा आफ्ना कदम अघि बढाए हुन्छ । नेपालमा सही शैक्षिक गुणस्तरको दृष्टिकोणले सबै प्रकारको अनुकुल परिस्थिति निर्माण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, देशभित्रै रोजगारी आर्जन गर्ने, उद्यमशिलताको विकास गर्ने, देशको समृद्धिका निम्ति काम गर्ने । एउटा सम्मानित नागरिकका हैसियतले जीवन व्यतित गर्ने, त्यस खालको अनुकुल परिस्थिति निर्माण गर्ने संकल्पका साथमा हिजो मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालीरहनुभएको थियो, त्यो बेलामा त्यो किसिमको परिस्थिति निर्माण गर्न धेरै हदसम्म सफल प्राप्त गर्नुभएको सम्मानित व्यक्तित्व केपी शर्मा ओलीज्यु यहाँ हुनुहुन्छ ।

उहाँको नेतृत्वमा केही दिनको अन्तरालमा जुन सरकार नेपालले प्राप्त गर्दैछ । त्यो सरकारले स्वभाविक रुपमा अरु क्षेत्रका समस्या समाधानका साथसाथै शैक्षिक क्षेत्रका समस्याको नयाँ उचाईबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माण योगदान दिने, नेपाली विद्यार्थीको जुन चाहना छ, त्यो चाहना पूरा हुनेछ भन्ने विश्वासका साथमा अघि बढ्नुहोला ।’

उहाँले नयाँ बन्ने सरकारले सम्मानित नागरिकका हैसियतले जीवन व्यतित गर्ने वातावरण निर्माण गर्ने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल