२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको दाबी: प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुन: अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताउनुभएको छ ।

बिहीवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बतउनुभएको हो । उहाँले अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री दाहालको अस्थिरताको कारण अहिलेको परिस्थिति आएको दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमा कुनैपनि दलले विश्वास गर्न नसकेपछि नेकपा एमाले र नेपाली काँग्रेस मिलेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘व्यक्ति र दलको इच्छाले मात्रै पनि नहुने रहेछ । खास गरीकन अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो । अहिले नयाँ गठबन्धन बनिसकेपछि नेपाली काँग्रेसको हामी सबैलाई नयाँ गठबन्धन बन्ने चाहना थियो होला, कसैलाई थिएन होला । मेरो चाहना प्रतिपक्षमा रहँदा नै उपयुक्त हुन्छ भन्ने थियो । अरु कसैको चाहना सरकार नयाँ बदलाँै भन्ने थियो होला । तर सरकार बनेको दुई चार महिना हुँदा नहुँदै अर्को गठबन्धन बन्थ्यो । बन्दैन थियो । प्रचण्डको यति धेरै अस्थिर चरित्र, व्यवहार नभएको भए । अहिले एमालेसँग सरकारमा गइसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसकेपछि हो । अहिलेको दुर्घटना निम्त्याएको उहाँकै कारणले हो । त्यसैले यो कसैको कारणले गर्दा बनेको पनि होइन । कसैलाई यसले भत्काएको पनि होइन । नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थिर हुनुभयो की उहाँसँग कसैको विश्वास रहेन । त्यो कारणले गर्दा अहिलेको परिस्थिति सिर्जना भयो ।’

महामन्त्री थापाले नेपालको राजनीतिमा दाहाललाई विश्वास गर्न नै कठिन भएको बताउनु भयो ।