२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

तनहुँको घरेलु तथा साना उद्योग गण्डकी प्रदेशमै दोस्रो

तनहुँको घरेलु तथा साना उद्योग गण्डकी प्रदेशमै दोस्रो
अ अ+ अ-

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँ गण्डकी प्रदेशै दोस्रो बन्न सफल भएको छ । कार्य कुशलता र राजश्व सङ्कलनमा कास्कीपछिको तनहुँ जिल्ला दोस्रो स्थानमा रहेको सो कार्यालयले जनाएको छ । 

पछिल्लो समय फर्म दर्ता गर्नेको सङ्ख्या दैनिक बढ्दै गएका छन् । दैनिक भीड बढेसँगै पालो पाउन सकस हुने गरेको सेवाग्राहीहरु बताउँछन् । एक दिनमा सकिने काम भीडका कारण तीन दिनसम्म धाउनु परेको व्यास नगरपालिका–१ का कविता नेपालीले बताउनुभयो । 

चालू आर्थिक बर्षको साउनदेखि यता उद्योग र वाणिज्य गरी एक हजार ४१५ उद्योग दर्ता भएका छन् । जसमा उद्योगतर्फ ९१५ र वाणिज्यतर्फ ५०० उद्योग दर्ता भएको सो कार्यालयले जनाएको छ । उद्योग दर्ता गर्ने बढेसँगै साउनदेखि उद्योग र वाणिज्यतर्फ दर्ता भएका उद्योगबाट रु ४० लाख राजश्व सङ्कलन भएको छ । 

आर्थिक वर्ष ०७५/७६ मा एक हजार १३४ उद्योग दर्ता हुँदा रु ८५ लाख १९ हजार ७७५, आव ०७६/७७ मा एक हजार २७६ उद्योग दर्ता हुँदा रु ५० लाख ४६ हजार ३०० र आव ०७७/७८ मा ९१५ उद्योग दर्ता हुँदा रु २३ लाख ४० हजार ६७५ राजश्व सङ्कलन भएको उद्योग प्रशासन शाखाप्रमुख मेनका रिमालले जानकारी दिनुभयो । 

महिलाहरुको नाउँमा दर्ता गर्दा राजश्वमा छुटको व्यवस्था रहेपछि महिलाको नाउँमा उद्योग दर्ता गर्नेहरुको सङ्ख्या बढी रहेको उहाँले बताउनुभयो । पुरुषका नाउँमा दर्ता भएका उद्योगहरु पनि पछिल्लो समय महिलाको नाउँमा नामसारी गर्न थालेका छन् । उहाँले भन्नुभयो, “राज्यबाट प्रदान गरिने अनुदान र बैकबाट कर्जा लिने व्यवस्था भएपछि महिलाको नाउँमा उद्योग दर्ता गर्ने बढेका हुन् ।” उहाँका अनुसार ७० प्रतिशतभन्दा बढी महिलाको नाउँमा उद्योग दर्ता भएका छन् । 

त्यसैगरी वाणिज्यतर्फ आव ०७५/७६ मा ७३५ उद्योग दर्ता हुँदा रु ७० लाख ७३ हजार ७८०, आव ०७६/७७ मा एक हजार ८१४ दर्ता हुँदा रु ५४ लाख नौ हजार २७६ र आव ०७७/७८ मा ६२७ दर्ता हुँदा रु १६ लाख ५९ हजार ३२५ राजश्व सङ्कलन भएको वाणिज्य प्रशासन शाखाप्रमुख रबि अधिकारीले बताउनुभयो ।

गत आवमा रु एक करोड पाँच लाख राजश्व सङ्कलन भएको थियो । गत वर्ष कोरोना कारण तीन महिना बस नचलेपछि करीब नौ महिना मात्रै कार्यालय खुलेका कारण राजश्वमा सोचेअनुरुप सङ्कलन गर्न नसकिएको कार्यालयप्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । राज्यको संयन्त्रमा आएर कर तिर्ने, बैंकिङ कारोबार गर्न सहज हुने र पछिल्लो समय आमनागरिकहरुमा चेतना वृद्धि हुँदै गएका कारण दर्ता प्रक्रियामा लाग्ने गरेको उहाँले बताउनुभयो । 

कार्यालयका अनुसार दैनिक भीडलाई न्यूनीकरण गर्न र सेवाग्राही दुई/तीन दिन धाउनुपर्ने अवस्था आएकाले घरबाटै टोकन  लिने व्यवस्था मिलाइएको छ । आफूले दर्ता गर्न चाहेको उद्योग तथा फर्म दर्ताका लागि आवश्यक कागजातहरु कार्यालयको इमेल वा फेसबुक पेजमा फोटो खिची मेसेज गर्ने व्यवस्था मिलाइएको कार्यालयप्रमुख ढकालले जानकारी दिनुभयो । अझै सोचेअनुरुप व्यवसायी दर्ता हुन सकेको छैन । उहाँले भन्नुभयो, “ठाउँठाउँमा गएर दर्ताका बारेमा जानकारी गराउन सके केही वृद्धि गर्न सकिने थियो, कार्यालयमा कर्मचारीको जनशक्ति कमी छ ।”