१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ५०० जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौँ । शनिबार थप ५०० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा  ५ हजार ४३४ जनाको पीसीआर परीक्षणमा २१३ महिला र २८७ जना पुरुषसहित ५०० जनामा संक्रमण पुष्टि भएको हो । योसंगै नेपालमा २ लाख ५७ हजार ७०० संक्रमितको संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८४० जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको संख्या २ लाख ४९ हजार १३२ संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ६ हजार ७४९ छ । क्वारेन्टाइनमा रहनेको संख्या ३६९ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ जना पुगेको छ ।