• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   संसदीय उपसमितिद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन ★   मुग्लिन–मलेखु सडक पुनः सञ्चालन ★   राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण ★   अहिलेको स्थितिबाट देशलाई निकास दिनुको विकल्प छैन: सांसद सिंह ★   पश्चगामी सोचका साथ संविधान संशोधनमा गिद्धेनजर लगाए माओवादीले सशक्त प्रतिवाद गर्छ: सांसद सापकोटा ★   काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्रीको हित हुन्छ: योगेश भट्टराई ★   बैंकको ब्याजदर घटे पनि कर्जाको माग बढ्न सकेन, कर्जा रिकभरीमा समस्या छ: गभर्नर अधिकारी ★   ओली प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूचि बनाउनसक्ने स्थिति छैन: प्रदीप पौडेल ★   कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध ★   विश्वमै सबैभन्दा दुःखी देश कुन हो ?

कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन



काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सत्ता सहकार्यको समझदारी अनुमोदन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बूढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक एमालेसँग भएको सहमति अनुमोदन गरेको हो ।

बैठकपछि बोल्दै प्रवक्ता डा प्रकाशशरण महतले एमालेसँग भएको सहमतिको स्वागत गरेको बताए । ‘सरकार सुरूमा ओलीजीको नेतृत्वमा बन्छ । दोस्रो कार्यकालमा हाम्रो पार्टी सभापति बन्नुहुन्छ । समझदारीको मुल विषय यही हो’,उनले भने ।

यस्तै, कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि आग्रह गरेको छ ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।