• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता ★   तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा ★   प्रभु साहको आरोप: सरकार आफैँ हुण्डी कारोबारमा संलग्न छ ★   शेरबहादुर देउवाको इमान्दारीतालाई कमजोरी नठान्न प्रधानमन्त्रीलाई काँग्रेस सांसदको चेतावनी ★   फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन सांसद कार्कीको आग्रह ★   काँग्रेस–एमालेलाई रास्वपा सांसद झाको सुझाव–एकअर्कालाई विश्वास गर्नुस् ★   आजदेखि केही दिन मनसुन क्रमश: निष्क्रिय हुँदै ★   अभिषेक शर्मा जिम्बाब्वेविरुद्ध टी–२० मा शतक बनाउने पहिलो भारतीय ★   शोकाकूल छ तनहुँको काउरे गाउँ ★   नवलपुरमा व्यावसायिक स्याउ खेती

प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ?



काठमाडौं । प्रमुख सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आज सम्म राजीनामा दिन अल्टिमेटम दिएको छ । एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि मार्गप्रसस्त गर्न प्रधानमन्त्री दाहाललाई हिजो आग्रह गरेको थियो ।

एमाले झन्डै दुईतिहाइ मत स्पष्ट रूपमा विपक्षमा उभिएकाले विवेक प्रयोग गरेर पद त्याग गर्न प्रधानमन्त्री दाहाललाई भनेको हो । तर प्रधानमन्त्री दाहालले एमालेले भने जसरी मार्गप्रसस्त गर्न अस्वीकार गरेका छन् । प्रधानमन्त्री दाहालको अडानमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि साथ दिएको छ ।

दाहालले पदबाट राजीनामा नदिने र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार नछाड्ने अडान लिएसँगै सत्ता हस्तान्तरण लम्बिन सक्ने भएको छ । किनकी प्रधानमन्त्रीले राजीनामा नदिए एमालेलाई सरकारको नेतृत्व गर्न ढिलाइ हुने छ ।

एमालेले भन्ने वित्तिकै प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ भन्ने छैन । किनकी कुनै दलले विश्वासको मत फिर्ता लिएमा वा सरकारबाट बाहिरिएमा मात्र प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । अहिलेसम्म न एमाले सरकारबाट बाहिरिएको छ न त विश्वासको मत नै फिर्ता लिएको छ । यो अवस्थामा प्रधानमन्त्री दाहाल अहिलेसम्म विश्वासको मत प्राप्त छन् ।

दबाब र आग्रहकै भरमा प्रधानमन्त्रीले राजीनामा नदिए के गर्ने भन्नेमा एमाले छ । संवैधानिक रुपमै अप्ठ्यारो पारेर दाहाललाई सत्ताबाट हटाउन एमाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएर प्रधानमन्त्रीलाई दिएको विश्वासको मतसमेत फिर्ता लिन सक्ने छ । यदि एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिएमा एक महिनाभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने छ । त्यसबेला संसद्मा बहुमत प्रमाणित गर्न नसके दाहाल स्वत: बर्खास्त हुने छन् ।

एमालेले आज पनि प्रधानमन्त्रीलाई दबाब दिने र उनले नमाने साँझपख आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने योजना बनाएको छ । यसले प्रधानमन्त्री राजीनामा दिन बाध्य हुने बुझाइ एमालेको छ ।