३० श्रावण २०८३, शनिबार
,
Latest
इन्डोनेसिया भूकम्प अपडेट: मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित संविधान संशोधन सत्ता परिवर्तनको हतियार बन्नु हुँदैनः नेता साउद लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमालेलाई रास्वपा सांसद झाको सुझाव–एकअर्कालाई विश्वास गर्नुस्



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाली काँग्रेस र नेकपा(एमाले)का नेताहरुलाई एक अर्कालाई विश्वास गर्न सुझाव दिनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले प्रधानमन्त्रीको राजीनामा माग गरेर काँग्रेस–एमालेले संसदीय प्रणाली र संविधानमाथि नै अविश्वास गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिने समय प्रशस्त बाँकी छँदै २८ गते नै विश्वासको मत लिन चाहेको भएपनि काँग्रेस–एमाले डराएका बताउनु भयो । उहाँले विश्वासको मत लिन ४ दिन बाँकी रहेको उल्लेख गर्दै ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर नडराउन पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘संसदीय प्रणाली र संविधान बनाउने दलहरुकै संसदीय प्रणाली र संविधानप्रति किन त्यति अविश्वास ? किन यो प्रणालीले र संविधानले काम नर्गला र फेरी ४ दिनमा अर्को पल्टुराम जन्मेला भनेर डराउनुहुन्छ ? तपाईहरुकै संख्या छ । तपाईहरुकै बहुमत हुने सम्भावना छ भने ४ दिन कुर्नुस् न । एकअर्कालाई विश्वास गर्नुस् न । सहकर्म र सहयात्राको गाथा गाउनुहुन्छ भने विश्वास पनि गर्नुस् । किन ४ दिनको लागि डराउनुहुन्छ ? तपाईहरुले नै बनाएको संविधान र संसदीय प्रणालीमा लेखिएकै कुरा अभ्यास गरिदैछ । त्यो भन्दा बाहिर गएर अभ्यास गरिएको छैन । आशय गलत नहोला । किन तर्सिनु भएको ? नतर्सिनका लागि र पल्टुरामहरुलाई पनि विश्वास गरिदिनका लागि अनुरोध गर्दछु ।’

उहाँले व्यापारिको घरमा गएर देशको भविष्यको खाका कोर्नेहरुका पार्टीका सांसदले आफूहरुलाई नैतिकताको प्रश्न सोध्न नसुहाउने बताउनु भयो ।