१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिसाब फर्न जाने बाहानामा बुटवलको कोरोना विशेष अस्पतालबाट बिरामी भागे



अ+ अ-

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट भर्ना भएका एक जना बिरामी फरार भएका छन् । अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार पिसाब फेर्न भनेर शौचालय गएका बिरामी भागेका हुन् । 

गएको बुधबार कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का बेलावसका ५५ वर्षिया पुरुष आज बिहान अस्पतालबाट भागेको अस्पताल प्रशासनले जनाएको छ । डा. थापाले भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्छु भनेर निस्कनुभएको थियो । भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।'

डा. थापाले प्रहरीको सहयोगमा खोजी भईरहेको बताए ।