• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

पानामा र उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमा



काठमाडौँ । पानामा र उरुग्वे कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

समूह सी बाट उरुग्वे विजेता तथा पानामा उपविजेता बनेर अन्तिम ८ मा प्रवेश गरेका हुन् ।

आज बिहान भएको खेलमा उरुग्वले अमेरिकालाई १–० गोलले पराजित गरेको थियो भने पानामाले बोलिभियालाई ३–१ गोलले हराएको थियो ।

आयोजक अमेरिका र बोलिभिया भने प्रतियोगिताबाट बाहिरिएका छन् ।