काठमाडौँ । पानामा र उरुग्वे कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
समूह सी बाट उरुग्वे विजेता तथा पानामा उपविजेता बनेर अन्तिम ८ मा प्रवेश गरेका हुन् ।
आज बिहान भएको खेलमा उरुग्वले अमेरिकालाई १–० गोलले पराजित गरेको थियो भने पानामाले बोलिभियालाई ३–१ गोलले हराएको थियो ।
आयोजक अमेरिका र बोलिभिया भने प्रतियोगिताबाट बाहिरिएका छन् ।