२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

‘ कामभन्दा बालकका स्वास्थ्यमा बढी ध्यान’

‘ कामभन्दा बालकका स्वास्थ्यमा बढी ध्यान’
अ अ+ अ-

डडेल्धुरा । डडेल्धुराका ग्रामीण भेगका महिला अहिले सचेत हुँदै गएका छन् । नवदुर्गा–४ की डम्बरी कैनी अहिले आफ्नो स्वास्थ्य र बच्चाको स्वास्थ्यप्रति सचेत बन्नुभएको छ  ।

सामान्यतया खाना खुवाएपछि घरको चुलोचौका सम्हाल्ने उहाँ अहिले बच्चालाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने जानकारी पाएपछि सचेत बन्नुभएको हो  । “बहुक्षेत्रीय पोषण कार्यक्रमले सचेतना दिएपछि आफूहरु सधैँ स्वास्थ्यप्रति सचेत छौँ”, उहाँले अगाडि भन्नुभयो, “अचेल घरको कामभन्दा आफ्ना दुधे बालकको स्वास्थ्यमा बढी ध्यान दिन्छौँ ।”
     
घरपरिवारले पनि गाह्रो काम नगर बच्चालाई दूध खुवाउनु भन्न थालेपछि उहाँ निकै खुशी हुनुहुन्छ । “हामीलाई यस्ता कुरा थाहा थिएन, जानेको र सुनेको मात्र गथ्र्यौं”, उहाँले भन्नुभयो, “अहिले थाहा पाएपछि बच्चाको स्वास्थ्य राम्रो हुने भएकाले धेरै समय बच्चालाई दिने गरेको छु ।”

पेट भर्नका लागि बच्चालाई बिस्कुट र चाउचाउ खुवाउने जिल्लाभरीका आमा अहिले सचेत बनेका छन् । बहुक्षेत्रीय पोषण कार्यक्रमको सहयोगमा कार्यक्रम सञ्चालन भएपछि बालबालिकालाई अत्यावश्यकरुपमा पोषिलो खानेकुरा खुवाउनुपर्ने जानकारी पाएको अमरगढी–७ का जानकी ताम्राकारले बताउनुभयो । “हामी निकै सचेत हुँदै गएका छौँ, बहुक्षेत्रीय पोषण कार्यक्रमको सहयोगले अहिले घर आँगनमै लगाइएको तरकारी र अन्नका गेडागुडी र पोषिलो खाने कुरा आफू र बच्चालाई खुवाउने गरेको छु”, उहाँले भन्नुभयो ।
    
आमा र बच्चाको पोषणस्थिति सुधार्न सञ्चालित  कार्यक्रमअन्तर्गत ‘हरेक बार चार खाना’ को अवधारणा ल्याइएको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताउनुभयो । 

बच्चाको खानामा हरेक बार पहेँलो फलफूल, अन्न, गेडागुडी, हरियो सागपात तथा पशुजन्य खाना खुवाउनुपर्ने कुरालाई कार्यक्रमले सिकाउँदै आएको छ ।
    
अमरगढी–१ का यशोदा टमटा भन्नुहुन्छ, “बालबालिकाको पोषणका लागि सचेत रहन र व्यवहारमा लागू गर्न सिकाएपछि आफूले बच्चालाई हरेक बार चार तत्व मिश्रित खाना खुवाउने गरेकी छु ।” 

बच्चा दुई वर्षको नहुञ्जेल पोषणयुक्त खानामा जोड दिनुपर्ने र यो अवधिमा बालबालिकामा ८० प्रतिशत शारीरिक, मानसिक र बौद्धिक विकास हुने बताएपछि आमा सचेत बनेका छन । 
        
अझै पूर्णरुपमा व्यवहार परिवर्तन हुन नसकेको अमरगढी स्वास्थ्य शाखा प्रमुख विष्टले बताउनुभयो । आमाहरु आफ्नो र बालबच्चाको स्वास्थ्यप्रति ख्याल गर्नेसम्मको परिवर्तन भएको छ, अझै धेरै गर्न बाँकी छ उहाँले भन्नुभयो, “व्यवहार परिवर्तन भन्ने कुरो धेरै कठिन छ । अहिले गाउँमा जाँदा बच्चालाई स्तनपान गराउनुपर्छ पोषिलो खाने कुरा खुवाउनुपर्छ ।”