• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

‘ कामभन्दा बालकका स्वास्थ्यमा बढी ध्यान’



डडेल्धुरा । डडेल्धुराका ग्रामीण भेगका महिला अहिले सचेत हुँदै गएका छन् । नवदुर्गा–४ की डम्बरी कैनी अहिले आफ्नो स्वास्थ्य र बच्चाको स्वास्थ्यप्रति सचेत बन्नुभएको छ  ।

सामान्यतया खाना खुवाएपछि घरको चुलोचौका सम्हाल्ने उहाँ अहिले बच्चालाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्ने जानकारी पाएपछि सचेत बन्नुभएको हो  । “बहुक्षेत्रीय पोषण कार्यक्रमले सचेतना दिएपछि आफूहरु सधैँ स्वास्थ्यप्रति सचेत छौँ”, उहाँले अगाडि भन्नुभयो, “अचेल घरको कामभन्दा आफ्ना दुधे बालकको स्वास्थ्यमा बढी ध्यान दिन्छौँ ।”
     
घरपरिवारले पनि गाह्रो काम नगर बच्चालाई दूध खुवाउनु भन्न थालेपछि उहाँ निकै खुशी हुनुहुन्छ । “हामीलाई यस्ता कुरा थाहा थिएन, जानेको र सुनेको मात्र गथ्र्यौं”, उहाँले भन्नुभयो, “अहिले थाहा पाएपछि बच्चाको स्वास्थ्य राम्रो हुने भएकाले धेरै समय बच्चालाई दिने गरेको छु ।”

पेट भर्नका लागि बच्चालाई बिस्कुट र चाउचाउ खुवाउने जिल्लाभरीका आमा अहिले सचेत बनेका छन् । बहुक्षेत्रीय पोषण कार्यक्रमको सहयोगमा कार्यक्रम सञ्चालन भएपछि बालबालिकालाई अत्यावश्यकरुपमा पोषिलो खानेकुरा खुवाउनुपर्ने जानकारी पाएको अमरगढी–७ का जानकी ताम्राकारले बताउनुभयो । “हामी निकै सचेत हुँदै गएका छौँ, बहुक्षेत्रीय पोषण कार्यक्रमको सहयोगले अहिले घर आँगनमै लगाइएको तरकारी र अन्नका गेडागुडी र पोषिलो खाने कुरा आफू र बच्चालाई खुवाउने गरेको छु”, उहाँले भन्नुभयो ।
    
आमा र बच्चाको पोषणस्थिति सुधार्न सञ्चालित  कार्यक्रमअन्तर्गत ‘हरेक बार चार खाना’ को अवधारणा ल्याइएको अमरगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश विष्टले बताउनुभयो । 

बच्चाको खानामा हरेक बार पहेँलो फलफूल, अन्न, गेडागुडी, हरियो सागपात तथा पशुजन्य खाना खुवाउनुपर्ने कुरालाई कार्यक्रमले सिकाउँदै आएको छ ।
    
अमरगढी–१ का यशोदा टमटा भन्नुहुन्छ, “बालबालिकाको पोषणका लागि सचेत रहन र व्यवहारमा लागू गर्न सिकाएपछि आफूले बच्चालाई हरेक बार चार तत्व मिश्रित खाना खुवाउने गरेकी छु ।” 

बच्चा दुई वर्षको नहुञ्जेल पोषणयुक्त खानामा जोड दिनुपर्ने र यो अवधिमा बालबालिकामा ८० प्रतिशत शारीरिक, मानसिक र बौद्धिक विकास हुने बताएपछि आमा सचेत बनेका छन । 
        
अझै पूर्णरुपमा व्यवहार परिवर्तन हुन नसकेको अमरगढी स्वास्थ्य शाखा प्रमुख विष्टले बताउनुभयो । आमाहरु आफ्नो र बालबच्चाको स्वास्थ्यप्रति ख्याल गर्नेसम्मको परिवर्तन भएको छ, अझै धेरै गर्न बाँकी छ उहाँले भन्नुभयो, “व्यवहार परिवर्तन भन्ने कुरो धेरै कठिन छ । अहिले गाउँमा जाँदा बच्चालाई स्तनपान गराउनुपर्छ पोषिलो खाने कुरा खुवाउनुपर्छ ।”