१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले गम्भिरता नदेखाएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित



अ+ अ-

काठमाडौं । कोभिड–१९ महामारीमा अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीको समस्या समाधानमा सरकारले गम्भिरता नदेखाएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । 

कोभिड–१९ संक्रमण भएका व्यक्तिको उपचारमा प्रत्यक्ष खटने स्वास्थ्यकर्मीका समस्या समाधान गर्न सरकारलाई पटक पटक आग्रह गर्दा समेत सुनुवाई नभएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशिल विभिन्न ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मीहरुले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरी समस्या समाधान गर्न माग गरेका छन् ।  अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामाग्री र सुरक्षित वातावरणको सुनिश्चितता नभएको, जोखिम तथा प्रोत्साहन भत्ता अहिलेसम्म उपलब्ध हुन नसकेको, राज्यले घोषणा गरेका प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिका संयोजक डा. लोचन कार्कीले जनताको स्वास्थ्य तथा जीवनसँग सरोकार राख्ने कुराहरु उठाउँदा पनि बेवास्ता गरिएको बताउनुभयो । विश्वभर कोभिड–१९ को नयाँनयाँ रुप देखिदै गएको अवस्थामा पनि सरकारले स्वास्थ्यकर्मीको सुरक्षामा कुनै चासो नदेअखाएको डा. लोचनले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुले आईसियु, भेन्टीलेटर लगायतका उपकरणहरुको संख्या बढाउनुपर्ने, ट्रेसिङ, परिक्षण, आइसोलेसन, उपचारको दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीलाई  उपलब्ध गराईने भनिएको जोखिम भत्ता उपलब्ध गराउनुपर्ने, सञ्चार तथा यातायात खर्च सहज तरीकाले उपलब्ध गराउनुपर्ने, निश्चित मापदण्डका आधारमा स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टाइन, आइशोलेसन तथा बिदाको व्यवस्थापन हुनुपर्ने, संक्रमित स्वास्थ्यकर्मीहरुका लागि छुट्टै डेडिकेटेड अस्पताल हुनुपर्ने लगायतका माग राखेका छन् । आफुहरुको माग सम्बोधन नभए संघर्षका कडा कार्यक्रम ल्याउने संघर्ष समितिका संयोजक डा. कार्कीले बताउनुभयो ।