• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन ★   रामकृष्ण ढकालको ‘मायाको घर’ सार्वजनिक (भिडियोसहित) ★   प्रेम आले भन्छन् – हैसियत र पिँध नभएको लोटाजस्तो पार्टीको कुनै काम छैन ★   पुरानो सरकार कहिले बिदा हुने यत्तिकै भन्न सकिँदैन: अध्यक्ष नेपाल ★   प्रधानमन्त्रीले २८ गते विश्वासको मत लिनुहुने ★   विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर भएर काम गरौं: प्रधानमन्त्री ★   मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी ★   धनुषाको गोविन्दपुरमा लिच्छविकालीन अवशेष फेला

पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक



काठमाडौं। सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका लेखक विकास सुवेदीले व्यापारमा नयाँ रेकर्ड राखेको बताए।

उनले भने, “हङकङमा ‘पुजार सार्की’ले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ। यसअघि यहाँ प्रायस् सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी चलचित्र प्रदर्शन हुँदै आइरहेका रहेछन्, हाम्रो चलचित्र भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा नै चल्यो। त्यो एउटा रेकर्ड भयो, अर्को रेकर्ड चाहिँ व्यापारिक हो।”

सुवेदीले व्यापारिक हिसाबमा पनि ‘पुजार सार्की’ले रेकर्ड कायम गरेको जनाए। “यसअघि हङकङमा ‘जारी’ चलचित्रले दर्शक उरालेको रहेछ, यस पटक ‘पुजार सार्की’मा व्यापक दर्शक आए। ‘जारी’को रेकर्ड पनि यो चलचित्रले तोडेको छ। राम्रो नेपाली चलचित्र रहेको खण्डमा संसारको जुनसुकै कुनामा भएता पनि दर्शकले स्वीकार गर्ने रहेछन् भन्ने अनुभूति भयो,” सुवेदीले भने, “यहाँ दुई वटा हलमा चलचित्र प्रदर्शन भएकोमा दुई वटै हाउसफुल भएपछि झन्डै दुई सय दर्शकले टिकट नपाएर फर्किन बाध्य भए। हामीले चाहेर पनि देखाउन सक्ने स्थिति रहेन।” उनले फेरी अर्को शो को आयोजना गरेर बाँकी दर्शकलाई देखाउने बताए। उनले नेपाली समुदाय बस नै रिजर्भ गरेर चलचित्र हेर्न आएको बताए।

व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले चलचित्र हेरेका थिए। चलचित्रका कलाकारहरूसँग बसेर चलचित्र हेर्न पाउँदा दर्शक दङ्ग देखिए। हङकङको लागि बिरेन थापा ुबिरेुले यो चलचित्र प्रदर्शन अधिकार लिएका छन्।

नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ गत जेठ १० गते प्रदर्शनमा आएको थियो। यो चलचित्रले ब्लकबस्टर व्यापार गरेको चलचित्र निकट स्रोतले जनाएको छ। यद्यपि बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन। दिनेश राउतले निर्देशक गरेको यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ।