• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाइयो



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलको नेता हेरफेर गरिएको छ ।

बहुमत सांसदले केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन् ।

यसअघि प्रमुख सचेतक रहेका चौधरी दलको नेता चयन भएपछि प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । लालवीर चौधरी रेशम चौधरीका बुवा हुन् ।

नाउपा केन्द्रमा चार सांसद छन् । ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन् ।