२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक विधेयक,२०८१ मा संशोधित व्यवस्था दुरुपोग हुने सम्भावना छैनः अर्थमन्त्री पुन



photo: rss
अ+ अ-

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक विधेयक,२०८१मा संशोधित व्यवस्था दुरुपोग हुने सम्भावना नभएको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक,२०८१ छलफल बोल्दै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक विधेयक,२०८१ मार्फत आयकर ऐन,२०५८ को दफा ५७ मा गरिएको व्यवस्थाले कम्पनीको लगानी वृद्धि र नयाँ साझेदार थपगर्दा कर छुटको व्यवस्थाले लगानीलाई प्रोत्साहन गर्ने बताउनु भयो ।

उहाँले कम्पनीले नयाँ शेयर होल्डरमार्फत पुँजीवृद्धि गर्ने प्रक्रियालाई मात्रै सहुलियत दिन खोजिएको बताउनु भयो । उहाँले संशोधन विधेयकमा कम्पनीको शेयरको खरिद बिक्रीलाई सहुलियत अर्थात कर छुट नदिएको बताउनु भयो । उहाँले नयाँ साझेदार र पुँजीवृद्धिलाई मात्रै छु्ट दिने व्यवस्थाले स्टार्टपहरुलाई राम्रो गर्छ भन्ने सरकारको धारणा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘साविकको शेयरवाला तथा साझेदारको शेयर संख्या पुँजी यथावत रही नयाँ शेयरवाला तथा सझेदार थप भई पुँजीवृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन भन्ने मात्रै व्यवस्था गरेको हो । शेयरवाला पनि यथावत रहन्छ । साझेदारहरुको शेयर पनि यथावत रहन्छ । कम्पनीको पहिलाको अवस्थालाई कायम राखी नयाँ पुँजी वृद्धि गरिएको छ । त्यस्तो अवस्थामा मात्रै हो ।

यस विषयमा माननिय सदस्यहरुले चिन्ता जाहेर गर्नु स्वभाविक हो । संशोधनमार्फत विचलन हुन्छ भन्ने सोच्न सकारात्मक पक्ष हो । कम्पनीले नयाँ शेयर होल्डरमार्फत पुँजीवृद्धि गर्ने प्रक्रियालाई मात्रै सहुलियत दिन खोजिएको हो । शेयरको खरिद बिक्रीलाई होइन । नयाँ साझेदार र पुँजीवृद्धिलाई मात्रै हो । यो व्यवस्थाले स्टार्टपहरुलाई राम्रो गर्छ भन्ने सरकारको धारणा हो । कम्पनीको लगानी वृद्धि र नयाँ साझेदार थप्दा गरेको व्यवस्थाले लगानीलाई प्रोत्साहन गर्छ । आर्थिक विधेयक,२०८१मा संशोधित व्यवस्था दुरुपोग हुने चान्स सम्भावना रहँदैन ।’

अर्थमन्त्री पुनले विधेयक संशोधनमा शेयरवाला र पुँजी यथावत रहने बताउनु भयो । उहाँले कम्पनीको पहिलाको अवस्थालाई कायम राखी नयाँ पुँजी वृद्धि मात्रै गरेको बताउनु भयो ।