• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार ★   हरेक निर्वाचन क्षेत्रमा कम्तिमा ३ र बढीमा ४ योजनामा बजेट विनियोजन गर्नेगरी नीति बनाउनुपर्छः भगवती… ★   ब्ल्याकमेलिङको राजनीतिक नगर्न रविलाई काँग्रेस सांसद बस्नेतको चेतावनी ★   संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔँः राष्ट्रिय सभा सदस्य गौतम

कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड



त्रिशूली । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कृषि उब्जनी बढाउन किसानलाई यन्त्र एवं उपकरण प्रयोगमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एक्काइसौँ राष्ट्रिय धान दिवसका अवसरमा आज नेपाल किसान महासङ्घले लिखु गाउँपालिका–६ मा आयोजना गरेको रोपाइँमा जनशक्ति र यान्त्रिकीकरणबीचको समन्वयकारी भूमिकाबाट कृषि उब्जनी बढाउन सरकारले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
“नयाँ प्राविधिको प्रयोगमा किसानलाई जोड्नुपर्छ”, उहाँले भन्नुभयो, “जनशक्ति घट्दा खेतीयोग्य भूमि बाँझै छन् । यन्त्रको सहयोगले बढीभन्दा बढी भूमिमा खेती गरेर उत्पादकत्व बढाउन लाग्नुपर्छ ।”
किसानलाई मलको अभाव हुन नदिन प्राङ्गारिक मलको उत्पादन र उपभोगमा लाग्न पूर्वमन्त्री महतले किसानलाई अनुरोध गर्नुभयो । “ किसानले रासायनिक मल खरिद गर्न धेरै लगानी र समय खर्चेका छन्”, उहाँले भन्नुभयो, “गोठमै बनाउन सकिने कम्पोष्ट मल र प्राङ्गारिक झोल मल बनाउन किसानाई सरकारको सहयोग आवश्यक छ ।” उहाँले बीउ, मल, सिँचाइ र उत्पादित कृषि उब्जनीको बजारीकरणको समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । रासस