• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी ★   प्रधानमन्त्रीले आज राजीनामा नदिए एमालेले के गर्छ ? ★   एमालेसँगको सहमति अनुमोदन गर्न आज कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै ★   ढलभित्र छिर्दा मोटरसाइकल बेपत्ता, चालकको उद्धार ★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन

वेदविद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजासहित एसईई उत्तीर्ण



काठमाडौं । नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयका विद्यार्थी एसईईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका छन् ।

काठमाडौं महानगरपालिका वडा ८ वनकालीमा रहेको वेदविद्याश्रम संस्कृत माविले उत्कृष्ट नतिजा ल्याएको हो । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालमा लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अनुसार वेद विद्याश्रमका विद्यार्थी उत्कृष्ट नतिजा सहित उत्तिर्ण भएका हुन् ।

वेद विद्याश्रमबाट एसईईमासहभागी २४ जना विद्यार्थीमध्ये १५ जनाले ३.६५ माथि र बाँकी ९ जनाले ३.६० जिपिए ल्याएर उत्तीर्ण भएका हुन् ।

२०३१ सालमा स्थापना भएर पठनपाठन शुरूवात भएको यो विद्यालयले संस्कृत शिक्षालाई अग्रगामी रूपमा अगाडि बढाइरहेको छ । २०४३ सालबाट माध्यमिक शिक्षा परीक्षामा यस विद्यालयका विद्यार्थीहरू सहभागी हुन थालेका हुन् ।

छात्रा वाससहितको सुविधा रहेको विद्यालयमा ७७ जिल्लाका १०८ जना छात्र बस्दै आएका छन् ।