• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

हिना खानलाई स्तन क्यान्सर



एजेन्सी । चर्चित टिभि अभिनेत्री हिना खानलाई स्तन क्यान्सर भएको छ । अभिनेत्रीले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै यो जानकारी दिएकी हुन् ।

अभिनेत्रीले लेखेकी छिन्, ‘हालसालै फैलिएको अफवाहबारे म तपाईसँग केही महत्वपूर्ण समाचार सेयर गर्न चाहन्छु । म स्तन क्यान्सरको तेस्रो चरणमा छु ।’

हिनाले थप लेखिन्, ‘म हिनाहोलिक (हिनाका फ्यानहरूको समूह) र मलाई माया गर्ने र हेरचाह गर्ने सबै मानिसहरूसँग केही महत्त्वपूर्ण समाचार सेयर गर्न चाहन्छु । मलाई तेस्रो चरणको स्तन क्यान्सर छ । यति हुँदाहुँदै पनि म ठीक छु भनेर सबैलाई भन्न चाहन्छु । म बलियो र दृढ छु र यस रोगलाई जित्न पूर्ण रूपमा प्रतिबद्ध छु । मेरो उपचार सुरु भएको छ र म यसलाई अझ बलियो बनाउन हर सम्भव प्रयास गर्न तयार छु ।’

हिनाले फ्यानसँग गोपनियताको माग गरेकी छिन् । अभिनेत्रीले लेखेकी छन्, ‘यस समयमा म तपाईबाट केही सम्मान र गोपनीयता चाहन्छु । म तपाईंको माया र प्रार्थनाको कदर गर्छु । म मेरो परिवार र नजिकका मानिसहरूसँग सकारात्मक रहनेछु ।’

यसअघि हिनाले अप्रिलमा पोस्ट सेयर गरेकी थिइन् । अभिनेत्रीले यो पोस्टमा आफू धेरै प्रकारका स्वास्थ्य समस्याबाट ग्रसित रहेको बताएकी थिइन् । त्यतिबेला उनले राम्ररी खाना पनि खान पाएकी थिइनन् ।

उनी टिभी सिरियल ‘येह रिश्ता क्या केहलाता है’, ‘कसौटी जिन्दगी के २’ लगायतबाट चर्चित छिन् । उनी ‘बिग बोस ११’ मा पनि सहभागि भएकी थिइन् ।