• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

द्रविडले कोहलीलाई साथ दिँदै भने – उनको ब्याटबाट ठूलो इनिङ्स आउन बाँकी छ



एजेन्सी । बिहीबार गुयानामा भएको खेलमा इंग्ल्याण्डलाई ६८ रनले पराजित गर्दै भारत फाइनलमा प्रवेश गरेको छ । अब भारतीय टोलीले २९ जुनमा (शनिबार) दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

भारत तेस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ । यसअघि सन् २००७ र २०१४ मा भारतीय टोलीले फाइनल खेलेको थियो । यो अवधिमा महेन्द्र सिंह धोनी भारतीय टिमका कप्तान थिए ।

यो जितपछि टीम इन्डियाका मुख्य प्रशिक्षक राहुल द्रविडले विराट कोहलीको फर्मको बारेमा चर्चा गरेका थिए । उनले स्टार ब्याट्सम्यानले प्रयास गरिरहेको तर आफ्नो योजनामा ​​सफल हुन नसकेको बताए ।

वास्तवमा इंग्ल्याण्डविरुद्ध खेलेको यो म्याचमा पनि विराटको ब्याट मौन रह्यो । उनले नौ बलको सामना गरी नौ रन मात्र बनाए । तेस्रो ओभरको चौथो बलमा रिस टोपलीले उनलाई क्लिन बोल्ड गरे । यस इनिङ्समा कोहलीले एक छक्का प्रहार गरेका थिए ।

खेलपछि टीम इन्डियाका मुख्य प्रशिक्षक राहुल द्रविडले किंग कोहलीको फर्मको बारेमा कुरा गरे । उनले भने, ‘जब तपाई जोखिमपूर्ण क्रिकेट खेल्नुहुन्छ, कहिलेकाहीँ तपाई आफ्नो योजनामा ​​सफल हुन सक्नुहुन्न । मेरो अनुसार आजको खेलमा पनि उसले गति कायम राख्न उत्कृष्ट छक्का प्रहार गर्यो, तर दुर्भाग्यवश त्यो बल अलि माथि थियो । तर, मलाई उसको नियत र शैली मन पर्यो त्यो टोलीका लागि राम्रो संकेत हो ।’

यससँगै द्रविडले फाइनलमा कोहलीको ब्याटबाट फ्यानहरूले ठूलो र महत्वपूर्ण इनिङ्स देख्न सक्ने आशा व्यक्त गरेका छन् । उनले थप भने, ‘मलाई लाग्छ कि उनको ब्याटबाट छिट्टै ठूलो इनिङ्स आउनेछ । मलाई उनको मनोवृत्ति एकदमै मन पर्छ । उनले मैदानमा आफूलाई राम्रोसँग प्रदर्शन गरिरहेको छ ।’