• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु

मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्: सांसद झा



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद झाले मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न माग गर्नुभएको हो ।

उहाँले नेपालमा २० वटा संरक्षित क्षेत्र रहेपनि मधेस प्रदेशमा भने पूर्णरुपमा एउटा पनि संरक्षित क्षेत्र नपर्ने बताउनु भयो । उहाँले नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा नै पाइने उल्लेख गर्नुभयो । त्यस्तै नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ प्रजाती यही क्षेत्रमा पाइने भएकाले चुरे संरक्षित क्षेत्र घोषणा गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले चुरे दोहनका कारण पानीको सतह पनि तल झरिरहेको भन्दै चुरे क्षेत्रले भुमिगत जलभण्डारको काम गर्ने भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालमा अहिले २० वटा संरक्षित क्षेत्र रहेको छ, जसमध्ये ७ वटाको प्रत्यक्ष सम्बन्ध चुरेसँग पर्छ । नेपालमा पाइने १ हजार ९१८ जीवजन्तुमध्ये १ हजार ३०८ प्रजाति चुरे र तराई क्षेत्रमा पाइन्छ । नेपालमा पाइने संकटापन्न ४९३ प्रजातिमध्ये ३१९ यही क्षेत्रमा पाइन्छ । चुरे क्षेत्रलाई नेपाल सरकारले २०७१ असार २ गते निर्णय गरेर वातावरण संरक्षण क्षेत्र घोषणा गर्‍यो । तर त्यो पर्याप्त भएन । म सबै साझेदारको ध्यानाकर्षण गराउन चाहन्छु कि, कम्तिमा मधेश प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । किनकी नेपालमा रहेको २० वटा संरक्षित क्षेत्रहरुमध्ये अरु सबै प्रदेशमा पर्छ तर मधेसमा एउटा पनि पूर्णरुपमा छैन । त्यसैले हामीलाई आवश्यक छ । तराइको लागि चुरे क्षेत्रले भूमिगत जलभण्डारको काम गरेको छ ।’

सांसद झाले चुरे संरक्षणका लागि प्रभावकारी रुपमा बजेट विनियोजनको गर्न सरकारलाई आग्रह गर्नुभयो ।