२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुईजना घाइते



अ+ अ-

गुल्मी । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु४त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ बस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ । रासस