२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं प्रहरी प्रमुख रजौरेद्वारा नयाँबानेश्वर वृत्तको निरीक्षण



अ+ अ-

काठमाडौं । प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त रजौरेले काठमाडौं परिसर मातहतको प्रहरी वृत्त नयाँबानेश्वरमा आकस्मिक निरीक्षण गरेका छन् । रजौरे गत वैशाख १४ गते काठमाडौं प्रहरी प्रमुख भएका थिए ।

प्रहरी वृत्त नयाँबानेश्वरले पछिल्लो समयमा सकृय रुपमा सम्पादन गरेका कृयाकलापबारे स्थलगत रुपमा बुझ्न एसएसपी रजौरे आकस्मिक निरीक्षण गर्न वृत्तमा छिरेका थिए । एसएसपी रजौरेलाई प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शिवराज बुढाथोकीले वृत्तले सम्पादन गर्दै आएका काम कारवाहीबारे जानकारी गराएका थिए ।

निरीक्षकका क्रममा एसएसपी रजौरेले वृत्तको कार्यालय भवन, प्रहरी बस्ने ब्यारेकको साथै थुनुवाहरु राख्ने हिरासत कक्ष र विभिन्न शाखाको स्थलगत निरीक्षण गरेका थिए । प्रहरी वृत्त नयाँबानेश्वरले काठमाडौं महानगरपालिकाको १०, ३१ र ३२ वडाको साथै कागेश्वरी मनोहरा नगरपालिकाको ७, ८ र ९ वडाको सुरक्षा अवस्था हेर्ने गर्छ ।