२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्मानित नेता र वरिष्ठ उपाध्यक्षसहित २१ सदस्यीय पदाधिकारी बनाउने एकीकृत समाजवादीको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)मा वरिष्ठसहित ७ उपाध्यक्ष रहने भएको छ।

बिहीबार पार्टी कार्यालय आलोक नगरमा बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गरि सात उपाध्यक्ष राख्ने निर्णय गरेको हो । ७ उपाध्यक्षमा १ महिला, १ मधेशी, अरू खुला रहने पार्टि प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

त्यस्तै, सचिव सातदेखि ९ जनासम्म हुने जनाइएको छ । योसँगै अध्यक्ष, सम्मानित नेता र वरिष्ठ उपाध्यक्ष राखेर नेकपा एसले २१ सदस्यीय पदाधिकारी बनाउने भएको छ।

बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय पनि गरेको छ । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो ।

एकीकृत समाजवादीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौँमा हुँदैछ ।