२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीय संसद्का संयुक्त र विषयगत समितिमा सांसदहरू हेरफेर



अ+ अ-

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकले सङ्घीय संसद्अन्तर्गतका केही संयुक्त समिति र विषयगत समितिहरूमा हेरफेर गर्ने सहमति जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालको स्थानमा डा स्वर्णिम वाग्लेको नाम हेरफेर गर्न सभामुख देवराज घिमिरेले सभाको सहमतिका लागि प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकले सहमति जनाएको हो ।

त्यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७७ बमोजिम विभिन्न विषयगत समितिमा सदस्यको नाम थप तथा हेरफेरका लागि पनि प्रतिनिधिसभाको आजको बैठकले सहमति जनाएको छ । प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसका सांसद डा प्रकाशशरण महतलाई अर्थसमिति र सांसद नारायणप्रकाश साउदलाई अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा पठाइएको छ ।

कांग्रेसका सांसद सीता गुरुङ र नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङलाई कानुन, न्याय तथा मानवअधिकार समितिमा जिम्मेवारी दिइएको हो । त्यसैगरी, कांग्रेसका सांसदद्वय रमेश रिजाल र सुरेन्द्रराज आचार्यलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जिम्मेवारी दिइएको छ ।

कांग्रेस सांसदहरू टेकबहादुर गुरुङलाई कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा, धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ । जनमत पार्टीका सांसद अनिता देवीलाई राज्यव्यवस्था तथा सुशासन समितिमा पठाइएको छ ।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू हरि ढकाल र असिम शाहको विषयगत समितिको जिम्मेवारी हेरफेर भएको छ । ढकाललाई सार्वजनिक लेखा समितिबाट राज्य व्यवस्था तथा सुशासन समितिमा र शाहलाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिबाट सार्वजनिक लेखा समितिमा पठाइउने प्रस्तावलाई प्रतिनिधिसभाले सहमति जनाएको हो ।

त्यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १३ बमोजिम प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा जनमत पार्टीका सांसद अब्दुल खांनको स्थानमा सांसद देवी मनोनित हुनुभएको छ ।रासस