• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

चार जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन अनुरोध



काठमाडौँ । देशका चार जिल्लामा बुधबार भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाको अनुसार पाल्पा, चितवन, झापा र कास्कीमा भारी वर्षा भएको छ ।

महाशाखाको बुधबार साढे ३ बजेको विवरणअनुसार पाल्पाको बल्ड्याङ्दी स्टेनसनमा पछिल्लो १२ घण्टामा १२६.८ मिलिमिटर वर्षा भएको रेकर्ड गरिएको छ ।

यस्तै, कल्याणपुर स्टेनमा १६०.६, चितवनको गोविन्द बस्ती र चर्चरे स्टेसनमा १५५.८ र १२४ मिलिमिटर वर्ष भएको छ । झापाको चेकनामा १२६.४ र कास्कीको लामापाटनमा ६७.४ मिलिमिटर वर्षा भएको मापन गरिएको छ ।

महाशाखाले ती स्थानमा चेतावनी जारी गर्दै सावधानी अपनाउन अनुरोध गरेको छ । यस्तै, सुनसरीको सुनसरी खोला जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि रहेको भन्दै साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।