२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’



अ+ अ-

काठमाडौँ । ‘इट्स माई शो’ का पूर्व प्रस्तोता सुरजसिंह ठकुरीले आफ्नो ब्रान्ड ध्वस्त भएको बताएका छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘इट्स माई शो’ विवादमा परेपछि उनले सामाजिक सञ्जालबाट यस्तो प्रतिक्रिया दिएका हुन् ।

सुरजसिंहले हाल ‘इट्स माई शो’मा आबद्ध नरहेको बताउदै आफूमाथि भईरहेको टिप्पणीहरूबारे सचेत गराएका छन् । उनले यस कार्यक्रम र यी घटनाहरूमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

उनले आफ्नो २३ वर्षको समर्पण ध्वस्त भएको बताउदै भनेका छन्, ‘म यति मात्र भन्न सक्छु कि मेरो २३ वर्षको समर्पण, इमानदारी र मेरो ब्रान्ड प्रतिको मेरो बफादारी ध्वस्त भएको छ । एक टेलिभिजनकर्मीको रूपमा म दुखित छु र यो सामाग्रीको हिस्सा बन्न चाहन्न ।’

उनले आफ्नो भविष्यको प्रयासमा दर्शकको साथ रहने विश्वास समेत व्यक्त गरेका छन् । ‘तपाईंहरू सबैले मलाई वर्षौंदेखि देखाउनुभएको अपार माया र समर्थनको लागि म सधैं गहिरो आभारी छु। तपाईंको प्रोत्साहन मेरो क्यारियरमा एक प्रमुख शक्ति भएको छ’, उनले भनेका छन् ।




भर्खरै