१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालय !



अ+ अ-

काठमाडौं । आँखाको उपचारमा विश्वमै प्रख्यात तिलगंगा आँखा अस्पताल अब विश्वविद्यालयका रूपमा सञ्चालन हुने भएको छ । आँखा अस्पताललाई विश्वविद्यालयका रुपमा सञ्चालन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ ।

बोर्ड अफ ट्रस्टी मोडलमा स्थापना हुने विश्वविद्यालयले नेपालमै आँखाको स्वास्थ्यसम्बन्धी उच्च शिक्षा अध्ययन, अध्यापन, अनुसन्धान गर्ने गरी तिलगंगा नेत्र विश्वविद्यालय विधेयक संसदमा दर्ता भएको हो ।

संसद्मा दर्ता भएको विधेयकअनुसार विशेषज्ञ सेवासहितको उपचारमा पहुँच विस्तार गरी आँखा उपचारसम्बन्धी सामग्री उत्पादन र प्रविधि विकासमा योगदान पुर्‍याउनेछ ।

डा. सन्दुक रुइतलगायत संलग्न ‘नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाज’ को सम्पत्ति तथा भौतिक संरचना उक्त विश्वविद्यालयको हुने प्रस्ताव विधेयकमा छ । यी संस्थाको ३१ जिल्लामा रहेको सम्पत्ति र भौतिक संरचना विश्वविद्यालयको हुने व्यवस्था गरिएको छ ।

विधेयकले काठमाडौंको तिलगंगा अस्पताल र नेपाल आँखा कार्यक्रमबाट सम्बन्धनमा सञ्चालित डिप्लोमादेखि मास्टर तहसम्मको आँखा स्वास्थ्य शिक्षालाई विश्वविद्यालयमा स्तरोन्नति गर्नेछ ।

अहिले यो अस्पतालको उत्पादन विभागले आँखाका ९ थरी लेन्स उत्पादन गरी ४० भन्दा बढी देशमा निर्यात गर्दै आएको छ । अस्पतालको प्रयोगशालाबाट मोतियाबिन्दुको शल्यक्रियामा आवश्यक तीन प्रकारका सामग्री पनि उत्पादन भइरहेको छ । ख्यातिप्राप्त संस्थालाई विश्वविद्यालयको रूपमा स्थापना गर्नका लागि राष्ट्रिय र प्रतिनिधिसभाले विधेयकलाई पास गर्नुपर्ने हुन्छ । जति छिटो विधेयकको टुंगो लगाउने छ, त्यति नै चाँडो विश्वविद्यालयको स्थापना हुनेछ ।