८ श्रावण २०८३, शुक्रबार
,
Latest
झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश



अ+ अ-

काठमाडौँ । अष्ट्रिया युरो २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा नेदरल्यान्ड्सलाई ३–२ गोलले पराजित गर्दै अष्ट्रिय नकआउट चरणमा पुगेको हो ।

खेलको छैटौं मिनेटमा अष्ट्रियाले नेदरल्यान्ड्सको आत्मघाती गोलबाट अग्रता लिएको थियो । डोनियल मालेनले आत्मघाती गोल गरेका थिए । ४७ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्यान्ड्सलाई १–१ को बराबरीमा ल्याए ।

५९ औं मिनेटमा रोमानो स्किमिडले गोल गर्दै अष्ट्रियालाई २–१ गोलले अघि बढाए । यता, ७५ औं मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै नेदरल्यान्ड्सलाई २–२ गोलको बराबरीमा ल्याए ।

तर, ८० औं मिनेटमा मार्सेल साविट्जरले गोल गर्दै अष्ट्रियालाई ३–२ गोलले विजयी बनाए । समूह डी मा ३ खेलबाट ६ अंकसहित अष्ट्रिया शीर्षस्थानमा रह्यो । नेदरल्यान्ड्स ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

नेदरल्यान्ड्सको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । यसै समूहबाट फ्रान्स उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ । पोल्यान्ड भने बाहिरिएको छ ।