२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार दिने नेपाल भ्रमण सकेर फर्कियो चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरिय टोली



अ+ अ-

काठमाडौ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली बुधबार बिहान चीन फर्केको छ । 

सत्तारुढदल नेपाल कम्युनिष्ट पार्टी नेकपा बिभाजनको अबस्थामा रहेका बेला आएको चिनियाँ  उच्चस्तरिय भ्रमण टोलीले राष्ट्रपति, नेकपा ओली समुहका अध्यक्ष एबं प्रधानमन्त्री केपी ओली, नेकपा नेपाल–दाहल समुहका अध्यक्षहरु माधब कुमार नेपाल र पुष्पकमल दाहालसंग नेकपा भित्रको समस्या र समाधानका बारेमा छलफल गरेको थियो । 

टोलीले नेकपाका नेताहरुलाई सकेसम्म मिल्न, दुरी नवढाउन र सहकार्य गर्न सुझाब दिएको थियो । चार दिन चार्टर बिमानमा नेपाल आएको टोली आज बिहान ९ः४० बजे हिमालय एयरलाइन्सको नियमित उडानबाट कुन्मिङ फर्केको छ । 

टोली नेपालमा रहदा सभामुख अग्निप्रसाद सापकोटा नेकपा बरिष्ठ नेता झलनाथ खनाल, प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा जसपा नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि भेट  गरेको थियो ।