२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको छः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह शुरु भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो पार्टीले अघि सार्ने कार्यदिशा र कार्यक्रमले नयाँ प्रवाह ल्याउने दाबी गर्नुभयो । उहाँले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता अब नरहेको भन्दै सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्ने बताउनु भयो । उहाँले सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा आफूहरुको कार्यभार रहेको बताउनु भयो । उहाँले महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर अघि बढ्ने बताउनु भयो । उहाँले अब नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग सिर्जना हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘समाजवादी आन्दोलनको सिलसिलामा अब जुन हाम्रो नयाँ प्रवाह शुरु हुँदैछ । स्वभाविक रुपले हामीले अब जुन कार्यक्रम अघि सार्नेछौँ, जो नीतिहरु अघि सार्नेछाँै । जुन कार्यदिशा अघि सार्नेछाँै । यो महाधिवेशनमा हामीले मुलभुत रुपमा सहमति गरेका छाँै, दस्ताबेजहरुमा । अझै त्यसभित्र गहन ढंगले हामीले छलफल गर्ने नै छाँै । यो महाधिवेशनमा पनि व्यापक मन्थन हुनेछ । यो मन्थनपछि हामी जब कार्यदिशा, नीति, सिद्धान्त र लक्ष्यहरुलाई पारित गर्नेछौँ ।

स्वभाविक रुपले अब हामीले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता छैन कमरेडहरु । हामी जुन प्रकारको नीतिहरु पारित गरिरहेका छाँै । जुन कार्यदिशा पारित गरिरहेका छाँै । त्यही आधारमा सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा हाम्रो कार्यभार हो । यो महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर हामीले अघि बढ्नुपर्छ । यसरी हामी अघि बढ्यौँ भने नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग सिर्जना हुनेछ ।’

सम्मानित नेता खनालले दक्षिणपन्थी यथास्थितिवादका बिरुद्धमा भूकम्प सिर्जना गर्ने बताउनु भयो ।