८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृश्यावलोकन स्तम्भ निर्माण शुरु



अ+ अ-

बागलुङ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिको केशपोखरीमा झण्डै दुई करोडको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिएको छ । गाउँपालिका–५ स्थित ग्वालीचौरको केशपोखरी सामुदायिक वनको टाकुरामा दृश्यावलोकन स्तम्भको निर्माण थालनी गरिएको बडिगाड गाउँपालिकाले जनाएको छ ।

अत्यन्तै पर्यटकीय सम्भावना बोकेको सो स्थानमा पूर्वाधार निर्माण गरी पर्यटक भित्र्याउने उद्देश्यका साथ केशपोखरीमा दृश्यावलोकन निर्माण शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र बडिगाड गाउँपालिकाको साझेदारीमा पाँच तलाको दृश्यावलोकन स्तम्भ निर्माण गर्न थालिएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले जानकारी दिनुभयो । “गाउँपालिकामा पर्यटकीय सम्भावनाको पहिचान गर्ने क्रममा ग्वालीचौरको केशपोखरी टापु दृश्यालोकनका लागि उत्कृष्ट मानियो”, गाउँपालिका अध्यक्ष पाइजाले भन्नुभयो । 

पाइजाका अनुसार कङ्क्रिटबाट निर्माण हुने पाँच तलाको दृश्यावलोकन स्तम्भ दुई वर्षभित्र निर्माण अपेक्षा छ । अहिले स्तम्भ शिलान्यास गरी ठेक्का प्रक्रियामा अगाडि बढेको छ । समुद्री सतहदेखि दुई हजार ६०० मिटर उचाइमा रहेको सो स्तम्भ निर्माण गर्ने स्थलबाट रुकुम, रोल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, पाल्पा, पर्वत, म्याग्दी, मुस्ताङ र स्याङ्जा जिल्ला देख्न सकिनेछ ।

केशपोखरी नजिकै रहेको अन्धाअन्धी तालसमेत पुनःनिर्माण गर्ने योजना गाउँपालिकासँग छ । सन् २०३३ मा अन्धाअन्धी ताल फुटेको थियो । ताललाई पुनःनिर्माण गर्नका लागि डिपिआरको काम भइरहेकको छ । बहुवर्षे योजनाअनुसार दृश्यावलोकन स्तम्भ निर्माण थालिएको र आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले रु ५० लाख उपलब्ध गराएको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन महाशाखा प्रमुख डिल्लीराम रिजालले जानकारी दिनुभयो । 

बडिगाड गाउँपालिकाले दृश्यावलोकन निर्माणमा रु ५० लाख लगानी गर्नेछ । दृश्यावलोकन निर्माणका लागि रु दुई करोड बढी खर्च लाग्ने डिपिआरमा उल्लेख गरिएको छ । गण्डकी प्रदेश सरकारले बडिगाडकै चमेरे गुफाको पूर्वाधार निर्माणको लागि गण्डकी प्रदेश सरकारले रु २० लाख यही आर्थिक वर्षमा खर्च गर्न थालेको छ ।