२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल भर्ना भएपछि पानी सङ्कटको विषयमा जारी भारतिय जलमन्त्रीको भोक हडताल समाप्त



अ+ अ-

नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा चलिरहेको पानी सङ्कटलाई लिएर दिल्ली सरकारका जल मन्त्री आतिशीको अनिश्चितकालीन भोक हडताल उहाँको स्वास्थ्य बिग्रिएर अस्पतालमा भर्ना भएपछि मङ्गलबार समाप्त भएको छ ।

जल मन्त्रीलाई उहाँको रगतमा सुगरको मात्रा –३६ मा झरेको कारण स्थानीय अस्पतालमा भर्ना गरिएको स्रोतले जनाएको छ । आम आदमी पार्टीका अनुसार आतिशीले विगत पाँच दिनदेखि केही खानु भएको छैन ।

दिल्लीमा गर्मीको लहरको बीचमा आतिशीले देशको प्रधानमन्त्री नरेन्द्र मोदीलाई चलिरहेको पानीको अभावबारे पत्र लेखेर सहज पानी प्राप्तीको माग गर्दै जुन –२१ मा भोक हडताल सुरु गर्नु भएको थियो ।

उहाँले छिमेकी हरियाणाले दिल्लीलाई पर्याप्त पानी नदिएकाले पानीको सङ्कट उत्पन्न भएको जनाउदै आउनु भएको थियो ।