२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बटलरले १०४ मिटर लामो छक्का हान्दै सोलार प्यानलनै फुटाएपछि…



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले अमेरिकालाई हराएको छ । जोस बटलरको कप्तानीमा रहेको इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको हो । यो जितसँगै इंग्ल्यान्ड सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ ।

पहिले ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो । जसको जवाफमा इंग्ल्यान्डले ९.४ ओभरमा लक्ष्य पुरा गर्यो । इंग्ल्याण्डका लागि जोस बटलरले ३८ बलमा ८३ रनको विष्फोटक इनिङ्स खेले । उनले आफ्नो पारीमा ६ चौका र ७ छक्का प्रहार गरे । यसबाहेक फिल साल्ट २१ बलमा २५ रन बनाएर नटआउट फर्किए ।

यसै क्रममा इंग्ल्यान्डका कप्तान जोस बटलरको छक्का सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भइरहेको छ ।

वास्तवमा, सौरभ नेत्रवलकर अमेरिकाका लागि तेस्रो ओभर बलिङ गर्न आए । बटलरले यो ओभरको चौथो बलमा नेत्रवलकरको टाउकोमाथि शक्तिशाली प्रहार गरे । त्यसपछि बल सिधै रंगशालाको छतमा खसेको थियो ।

जोस बटलरको प्रहारले छतमा रहेको सोलार प्यानलको सिसामा क्षति पुगेको छ । जोस बटलरको छक्काको दूरी करिब १०४ मिटर थियो । भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले लगातार कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।