८ श्रावण २०८३, शुक्रबार
,
Latest
झापामा सात लाख ६१ हजार मेट्रिक टन खाद्यान्न उत्पादन खैरो हेरोइनसहित चार जना पक्राउ सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा पोखरामा ध्वनि प्रदूषण गर्ने ३३ मोटरसाइकल नियन्त्रणमा इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छ : राष्ट्रपति पौडेल चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप २०२४ मा तेस्रो ह्याट्रिक, जोर्डन एकै ओभरमा चार विकेट लिने दोस्रो बलर



अ+ अ-

एजेन्सी । साविक विजेता इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस टोली एकतर्फी खेलमा अमेरिकालाई १० विकेटले पराजित गर्दै शीर्ष ४ मा पुगेको हो ।

जारी विश्वकपमा सेमिफाइनलमा स्थान बनाउने इंग्ल्यान्ड पहिलो टोली बनेको छ । ब्रिजटाउनमा इंग्ल्यान्डले सेमिफाइनलमा पुग्न १८.४ ओभरमा ११६ रनको लक्ष्य पछ्याउनुपर्ने भएपनि डिफेन्डिङ च्याम्पियनले कुनै विकेट नगुमाई ९.४ ओभरमा नै जित हात पारेको थियो ।

खेलमा इंग्ल्यान्डका बलर क्रिस जोर्डनले ह्याट्रिक गरेका थिए । यो जारी विश्वकपको तेस्रो ह्याट्रिक हो । यसअघि सन् २०२१ को टी–२० विश्वकपमा तीन ह्याट्रिक भएको थियो । जोर्डनले १९ औं ओभरको ५ बलमा ४ विकेट लिए ।

यसअघि प्याट कमिन्सले बंगलादेश र अफगानिस्तानविरुद्ध ह्याट्रिक गरेका थिए । जोर्डन जारी टी–२० विश्वकपमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् ।

यस्तै, उनी टी–२० विश्वकपको एक ओभरमा ४ विकेट लिने दोस्रो बलर बनेका छन् । उनले आयरल्यान्डका कर्टिस क्याम्फरको ४ विकेटको कीर्तिमानलाई पछि पारेका छन् । उनले २०२१ को विश्वकपमा एक ओभरमा ४ विकेट लिएका थिए ।