२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्रका १८ जना एसपी र २ सय ३७ जना डीएसपीहरुको सरुवा



अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बलले १८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र २ सय ३७ जना सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

निकट भविष्यमा अनिवार्य अवकाश हुने र हाल कमान्ड जिम्मेवारीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कमान्ड जिम्मेवारीभन्दा अन्यत्र सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

डीएसपीहरुलाई २०८० असोज १ गते प्रकाशित सशस्त्र प्रहरी नायव उपरीक्षकहरूको कमान्ड पूर्वानुमान सूचीको आधारमा सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । सरुवा गरिएकामध्ये १४ जनाले आश्रित गुल्म र २६ जनाले अनाश्रित गुल्मको ​​जिम्मेवारी पाएका छन् ।

सशस्त्र प्रहरी बलले दुई वर्षदेखि सशस्त्र प्रहरी उपरीक्षकदेखि निरीक्षकसम्म १० महिना अघिदेखि नै ज्येष्ठता क्रम अनुसार कमान्ड पूर्वानुमान सुची प्रकाशित गरी सोही अनुसार कमान्डमा पठाउँदै आएको छ ।