२३ श्रावण २०८३, शनिबार
,
Latest
हमासले गाजा योजना अगाडि बढाउन अझै तयार रहेको बतायो नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन हुथी विद्रोहीहरूद्वारा यमनमा आक्रमण, दश जनाको मृत्यु बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु कांग्रेस विवादमा रवि बालेनको इन्ट्री: सर्वोच्चको ‘निस्सा’ आदेश पछिको तरंग सरकारले गलत बाटो लिए ‘कान समाउन सक्ने’ क्षमता छ : रवि लामिछाने कालिकोटमा चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन पक्राउ उच्च शिक्षाबारे दुईदिने नीति कार्यशाला सम्पन्न, पारदर्शी र परिणाममुखी प्रणालीमा जोड बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन खुला



अ+ अ-

काठमाडौँ ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुला गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रवन्ध निर्देशक उद्धव अधिकारीले आजैदेखि आवेदन खुला गरिएको र इच्छुकले यही असार ३१ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिनसक्ने छन् भने आवेदकहरुको उचाइ कम्तीमा पाँच फिट तीन इञ्च हुनुपर्नेछ ।

कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ग्राण्ड इन्टरनेसनल-२०२४’मा सहभागी हुन पाउनेछन् । “यस वर्ष  ‘ब्रेभ, बोल्ड, ब्यूटिफूल’ को नारासहित मिस ग्राण्ड नेपाल-२०२४ घोषणा गरिएको छ”, उहाँले भन्नुभयो, “प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ११ गते गरिनेछ ।” त्यसअघि आगामी साउन २३ गते मिस ग्राण्ड नेपाल-२०२४ को क्राउन सार्वजनिक गरिने उहाँको भनाइ छ ।

कम्पनीले सन् २०२० देखि प्रत्येक वर्ष सौन्दर्य प्रतियोगता आयोजना गर्दै आएको छ । उमङ्ग क्रिएशनले सन् २०२३ मा ‘मिस ग्राण्ड इन्टरनेशनल’को फ्रेन्चाइज लिएको थियो । प्रतियोगिताको कोरियोग्राफरमा प्रशान्त ताम्राकार हुनुहुन्छ ।रासस