१ असार २०८३, सोमबार
,
Latest
ललितपुर महानगरपालिकाद्वारा ‘ई–चलान’ डिजिटल जरिवाना प्रणालीको शुभारम्भ सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य सरकारले वैज्ञानिकहरुका लागि उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्दछः एमाले सांसद बराल शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति हिंसा होइन, सुशासनका लागि कडा सन्देश हो: सांसद शाही कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाक्षीले आज बिहे गर्दै



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा र जहिर इकबाल आज विवाह बन्धनमा बाँधिदैछन् । सुरुमा दुवैले इन्गेजमेन्ट गर्नेछन् । त्यसपछि विवाह गर्नेछन् ।

त्यसलगत्तै साँझ शिल्पा शेट्टीको मुम्बईको दादरस्थित रेष्टुरेन्ट बस्टनमा रिसेप्शन पार्टी हुनेछ । जहिरका मेकअप आर्टिस्ट राजु नागले विवाहको पहिलो कार्ड सलमान खानलाई गएको बताएका थिए ।

यस्तो अवस्थामा सलमान रिसेप्शन पार्टीमा सहभागी हुने कुरा स्पष्ट छ । रिसेप्शन पार्टीमा वेब सिरिज ‘हिरामण्डी’ को सम्पूर्ण स्टार कास्ट पनि सहभागी हुन सक्नेछन् ।

सोनाक्षीको विवाहअघि शनिबार साँझ उनको घर ‘रामायणा’मा पूजाको आयोजना गरिएको थियो । सोनाक्षीकी आमा पुनम सिन्हाको उपस्थितिमा यो पूजा सम्पन्न भएको थियो ।

शुक्रबार यो जोडीको मेहेन्दी र हल्दी समारोह भएको थियो । यी सबै समारोह जहिरको घरमा भएका थिए । यो जोडीको हल्दी र मेहन्दी समारोहका केही तस्विरहरु सार्वजनिक भएका छन् ।

गत बिहीबार सोनाक्षी र जहिरको परिवार डिनरमा सँगै देखिएका थिए । यस अवसरमा शत्रुघ्न, उनकी पत्नी पूनम सिन्हा र जहिरका पिता इकबाल रत्नासी सँगै देखिएका थिए । यसअघि सोनाक्षीको परिवार यो विवाहबाट खुसी नभएको खबर आएको थियो तर दुवै परिवारलाई सँगै देखेपछि शत्रुघ्न आफ्नी छोरीको बिहेमा खुसीसाथ सहभागी भएको स्पष्ट भएको छ ।

सोनाक्षी र जहिर ७ वर्षदेखि रिलेशनशिपमा छन् । दुवैको पहिलो भेट सलमान खानको पार्टीमा भएको थियो । केही समयको मित्रतापछि दुवै जना सम्बन्धमा आएका थिए ।