८ श्रावण २०८३, शुक्रबार
,
Latest
सीमा सुरक्षाको लागि ‘डिजिटल बोर्डर प्रणाली’ तत्काल लागू गर्न संसदीय समितिको निर्देशन हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्वन हुनुपर्छ: सांसद बस्नेत



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्वन गर्न माग गर्नुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले केही दिनअघि प्रतिनिधि सभा बैठकमा एक महिला सांसदले पुरुष सांसद संसदमा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्व गरिनुपर्ने बताउनु भयो । उहाँले बजेटले कर्मचारीको तलव भत्ता नबढाएको धेरै भएको उल्लेख् गर्दै कर्मचारीको तलव बढाउन नितान्त आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलव नबढाउने भन्नेकुरा जायज नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय संसदका कर्मचारी साथीहरुले केही माग राखेर आन्दोलन गर्नुभयो । ति जायज मागको विषयमा आज कानूनमन्त्रीको संयजकत्वमा तीन सदस्यीय समिति पनि बनेको छ । ति माग जायज पनि छन् । बजेटले कर्मचारीको तलव भत्ता नबढाएको धेरै भएको छ । म अध्यक्ष महोदयमार्फत भन्न चाहन्छु, शिक्षक, प्रहरी, सेना, जतिपनि कर्मचारी छन्, ति सम्पूर्णको तलव भत्ता बढोस् । नेपालमा बसेर खान गाह्रो भयो । त्यो थोरै तलवले कर्मचारी टिक्दैनन् । कोही पनि टिक्न सक्ने अवस्था छैन । भ्रष्टाचार बढेको बढ्यै छ । कालोबजारी बढेको बढ्यै छ । हामी कालोबजारी पनि र भ्रष्टाचार पनि रोक्न नसक्ने अनि त्यही तलवले कर्मचारी बाँच्नुपर्छ भन्नेकुरा हुँदैन । त्यसलै कर्मचारीको तलव बढाउन नितान्त आवश्यक भएको छ । प्रतिनिधि सभामा महिला सांसदले पुरुष एक जना सांसद संसदमा रक्सी खाएर आउनु हुन्छ भन्नुभयो । यदी त्यसो हो भने कारबाही हुनुपर्छ । संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासन हीन नहोस् । त्यस्तो कार्य भए ६ महिनाको निलम्व हुनुपर्छ ।’

उहाँले वन अतिक्रमण भएकोबारे सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बतउनु भयो ।