• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्वन हुनुपर्छ: सांसद बस्नेत



काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले संसदमा मादकपदार्थ सेवन गरी आउने सांसदलाई ६ महिनाको निलम्वन गर्न माग गर्नुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले केही दिनअघि प्रतिनिधि सभा बैठकमा एक महिला सांसदले पुरुष सांसद संसदमा मादक पदार्थ सेवा गरी आएको कुरा उठाएको भन्दै संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासनहिन काम गर्ने सांसदलाई ६ महिनाको निलम्व गरिनुपर्ने बताउनु भयो । उहाँले बजेटले कर्मचारीको तलव भत्ता नबढाएको धेरै भएको उल्लेख् गर्दै कर्मचारीको तलव बढाउन नितान्त आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार र कालोबजारी रोक्न नसक्ने तर कर्मचारीको तलव नबढाउने भन्नेकुरा जायज नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय संसदका कर्मचारी साथीहरुले केही माग राखेर आन्दोलन गर्नुभयो । ति जायज मागको विषयमा आज कानूनमन्त्रीको संयजकत्वमा तीन सदस्यीय समिति पनि बनेको छ । ति माग जायज पनि छन् । बजेटले कर्मचारीको तलव भत्ता नबढाएको धेरै भएको छ । म अध्यक्ष महोदयमार्फत भन्न चाहन्छु, शिक्षक, प्रहरी, सेना, जतिपनि कर्मचारी छन्, ति सम्पूर्णको तलव भत्ता बढोस् । नेपालमा बसेर खान गाह्रो भयो । त्यो थोरै तलवले कर्मचारी टिक्दैनन् । कोही पनि टिक्न सक्ने अवस्था छैन । भ्रष्टाचार बढेको बढ्यै छ । कालोबजारी बढेको बढ्यै छ । हामी कालोबजारी पनि र भ्रष्टाचार पनि रोक्न नसक्ने अनि त्यही तलवले कर्मचारी बाँच्नुपर्छ भन्नेकुरा हुँदैन । त्यसलै कर्मचारीको तलव बढाउन नितान्त आवश्यक भएको छ । प्रतिनिधि सभामा महिला सांसदले पुरुष एक जना सांसद संसदमा रक्सी खाएर आउनु हुन्छ भन्नुभयो । यदी त्यसो हो भने कारबाही हुनुपर्छ । संसदको अनुशासनको कुरा गरेर आफैँ अनुशासन हीन नहोस् । त्यस्तो कार्य भए ६ महिनाको निलम्व हुनुपर्छ ।’

उहाँले वन अतिक्रमण भएकोबारे सरकारले विशेष ध्यान दिन आवश्यक रहेको बतउनु भयो ।