१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

खानेपानी सुविधाले ल्याएको खुसी

खानेपानी सुविधाले ल्याएको खुसी
अ अ+ अ-

फिक्कल । इलामको माङसेबुङ गाउँपालिका–६ की कमलकुमारी राईले एक ग्रागी पानी भर्न घण्टौँ कुर्नुपथ्र्यो । उहाँले मात्रै होइन, माङसेबुङ गाउँपालिका–६ का बासिन्दाले वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका थिए । अहिले भने खानेपानीको समस्या छैन । प्रदेश सरकारको लगानीमा माङसेबुङ बृहत् खानेपानी आयोजना निर्माण भएपछि आफूहरु उत्साहित भएको कमलकुमारी राईले बताउनुभयो ।

फाकफोकथुम गाउँपालिका–७ एकतप्पाका सुमन दियाली वर्षायाममा बाढी आउँदा धमिलो पानी पिउन बाध्य हुनुपरेको तीतो विगत सम्झन चाहनुहुन्न । अहिले घरघरमा स्वच्छ खानेपानीको पहँुच पुर्‍याइदिएको प्रदेश सरकारप्रति उहाँ आभारी हुनुहुन्छ । खानेपानी आयोजनाले स्थानीयको दैनिकीमा नै सहज बनाइदिएको छ । “खानेपानी आयोजना सञ्चालन भएपछि सबैभन्दा बढी गृहिणी महिलालाई राहत मिलेको छ,” उहाँले सुनाउनुभयो ।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा इलाममा मात्र खानेपानीमा रु ११ करोड ८० लाख ४० हजार लगानी गरेको छ । प्रदेश सरकारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापामार्फत इलाममा एक सय ३० वटा सानाठूला खानेपानी आयोजना सञ्चालन भइरहेको डिभिजन प्रमुख विकास काफ्लेले जानकारी दिनुभयो । कार्यालयका अनुसार ५७ वटा नयाँ योजना सुरु भएका छन्भने ७५ वटा पुराना योजनालाई मर्मतसम्भार तथा पुन:निर्माण गरिएका छन् । यस वर्ष प्रदेश सरकारले रु चार करोड ७० लाखको लागतमा ५७ वटा नयाँ योजना अघि बढाएको छभने रु सात करोड १० लाख ४० हजारको लागतमा ७५ वटा पुराना योजना मर्मतसम्भार तथा पुन:निर्माण गरिरहेको छ ।

डिभिजन प्रमुख काफ्लेका अनुसार प्रदेश सरकारको लगानीमा चालु रहेका आयोजना सम्पन्न भएपछि इलामको २१ हजार एक सय ७५ परिवारका एक लाख पाँच हजार आठ सय ५५ जना जनतामा स्वच्छ खानेपानीको पहुँच पुग्नेछ । यसमध्ये नयाँ योजनाबाट छ हजार २८ घरधुरीका ३० हजार एक सय ४० जना र पुराना योजनाबाट १५ हजार एक सय ४७ घरधुरीका ७५ हजार सात सय १५ जना इलामवासी जनतामा स्वच्छ खानेपानीको पहुँच पुग्ने डिभिजन कार्यालयले जनाएको छ । जिल्लाका शत्प्रतिशत जनतामा खानेपानी पुर्‍याउने गरी काम भइरहेको बताइएको छ ।

प्रदेश सरकारले एकै वर्षमा खानेपानी आयोजनामा करोडौँको लगानी गरेपछि इलामवासी हर्षित भएका छन् । प्रदेश सरकारले खानेपानी आयोजनाको क्षेत्रमा गरेको लगानीले वास्तविक सङ्घीयताको आभास दिलाएको माङसेबुङ गाउँपालिका–२ इभाङका सामाजिक अभियन्ता डम्बर लोरिन्देनको बुझाइ छ । “खानेपानी क्षेत्रमा प्रदेश सरकारको लगानी हेर्दा विगतमा बिसौँ वर्षसम्म खानेपानी नपाएका क्षेत्रका नागरिकसम्म प्रदेश सरकार पुग्न सफल भएको देखिन्छ”, लोरिन्देनले भन्नुभयो ।

माङसेबुङ गाउँपालिका–२ इभाङका सुमन खनाल प्रदेश सरकारले पछिल्लो समयमा खानेपानीको क्षेत्रमा गरेको लगानीले जिल्लावासी नागरिकलाई आशावादी बनाएको बताउनुहुन्छ । “पछिल्लो समय प्रादेशिक संरचनामाथि नै केहिले प्रश्न उठाउन थालेको समयमा प्रदेश सरकारको यो लगानी विश्लेषण गर्दा प्रंसशनीय छ,” खनालले भन्नुभयो ।

प्रदेश सरकारले पाँच लाखदेखि रु ३३ लाख ८० हजारसम्मका खानेपानी योजना सञ्चालन गरेको छ । तीमध्ये ६४ वटा योजना पाँच लाखका र ६६ वटा योजना पाँच लाखदेखि रु ३३ लाख ८० हजारसम्मको लगानीका छन् । प्रदेश सरकारले रोङ गाउँपालिका–२ बदामटारस्थित बदमटार खानेपानी योजनाबाट (सलकपुर खानेपानी योजना) दुई सय घरका एक हजारजना प्रत्यक्ष लाभान्वित हुँदैछन् । चुलाचुली गाउँपालिकास्थित शिखरकटेरी खानेपानी योजना, माई नगरपालिका–५ स्थित बगैँचे डङडङे खानेपानी योजना र इलाम नगरपालिकास्थित माईखोला खानेपानी तथा सरसफाइ योजनालाई पनि अगाडि बढाएको छ ।

प्रदेश सरकारले इलाममा रु २० लाखका नौ योजना सञ्चालन गरेको छ । जिल्लाको सन्दकपुर गाउँपालिकास्थित माईपोखरी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित फिक्कल कन्याम खानेपानी आयोजना र खानीखोला सिम्ले सहकाले टोल खानेपानी आयोजना, माङसेबुङ गाउँपालिकास्थित खलङ्गे खानेपानी निर्माण उत्तरे माल्टेनी मुहान र भुतेखोला खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित अम्बके बहुवन खानेपानी आयोजना, इलाम नगरपालिकास्थित अँधेरी नारायणचोक छौडे सतुवाबेँसी खानेपानी योजना, माई नगरपालिकास्थित पाल्टार खानेपानी ९भूमिगत० आयोजना र राँगापानी खानेपानी आयोजनालाई रु २०/२० लाख लगानी गरेको छ ।

त्यसैगरी माङसेबङ गाउँपालिकास्थित चित्रेखोला लिफ्टिङ खानेपानी निर्माणमा रु १७ लाख ५० हजार र रोङ गाउँपालिकास्थित सिद्धि सलकपुर खानेपानी आयोजनामा रु १७ लाख विनियोजन भई काम भइरहरेका छन् । माईजोगमाई गाउँपालिकास्थित नयाँबजार बृहत् खानेपानी आयोजना, रातेखोला खानेपानी आयोजना र गङ्गडाँडा खानेपानी आयोजना, माई नगरपालिकास्थित रातमाटे खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित राई टोल र सिरानतला दुईवटा क्षेत्रमा खानेपानी आयोजना, माई नगरपालिकास्थित आरुपानी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित टुनीगौरी डाँडागाउँ खानेपानी आयोजना र सन्दकपुर गाउँपालिकास्थित भैरमबारी खानेपानी आयोजनाको पनि काम भइरहेको छ ।

त्यस्तै, रोङ गाउँपालिकास्थित टिमाई खोला छावा खोल्सी खानेपानी आयोजना, इलाम नगरपालिकास्थित माईखोला खानेपानी आयोजना, बरबोटे खानेपानी आयोजना र चुलाचुली गाउँपालिकास्थित सार्कीटार सुपारीबोटे र सिम्बले तीनवटै क्षेत्रमा खानेपानी आयोजना अन्तिम चरणमा पुगेको डिभिजन कार्यालयले जनाएको छ ।

भुतेखोला खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित कमेरे जरिङ्गे खाम्बाङ तल्लोबोहोरे गाउँ खानेपानी आयोजना, बुलुङखोला धावा खानेपानी आयोजना र चुलाचुली गाउँपालिकास्थित खावान खोला बृहत् खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित सिद्धिगाउँ तथा श्रीअन्तु खानेपानी आयोजना र जोगीधारा खानेपानी आयोजना, माई नगरपालिकास्थित आङबु बर्दुवा खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित सुलसुले खानेपानी आयोजनाको लागि पनि बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, इलाम नगरपालिकास्थित सुन्दरबेँसी र लेबक खानेपानी आयोजना र खर्बन खानेपानी आयोजना निर्माण भइरहेको छ । नगरपालिकास्थित बरबोटे खानेपानी योजना, देवीथान मुहान भञ्ज्याङ न्युरेनी खानेपानी आयोजना, सुम्बेक चोक खानेपानी आयोजना, मलातेनी (सुलुबुङ सन्दकपुर) खानेपानी आयोजना र माईखोला नर्कटे खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित तोरीबारी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित भित्री लिफ्टिङ खानेपानी आयोजना र छिपछिपे खानेपानी आयोजना, फाकफोकथुम गाउँपालिकास्थित खत्रीगाउँ खानेपानी आयोजना, माईजोगमाई गाउँपालिकास्थित पधेँरी खानेपानी आयोजना र माई नगरपालिकास्थित कालीखोला खानेपानी आयोजना अघि बढाइएको छ ।

इलाम नगरपालिकास्थित तल्लो गोदक खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित पशुपतिनगर खानेपानी आयोजना र देउमाई नगरपालिकास्थित मगरगाउँ खानेपानी आयोजना, चुलाचुली गाउँपालिकास्थित साकफारा खानेपानी आयोजना, माईजोगमाई गाउँपालिकास्थित तुम्लिङ गुराँसे खानापानी आयोजना एवं माङसेबुङ गाउँपालिकास्थित माङसेबुङ खानेपानी आयोजना, सङलुमङ्गलु साँगुरी खानेपानी आयोजना, सूर्योदय नगरपालिकास्थित तारगाउँ बोरिङ खानेपानी आयोजना, देउमाई नगरपालिकास्थित माथिल्लो डाँडा चाँपगैरी अजम्बरे चुली सिद्धिथुम्का खानेपानी आयोजना र रोङ गाउँपालिकास्थित गोरेनी खोल्सा खानेपानी आयोजना मर्मतसम्भार तथा पुन:निर्माणको पनि काम भइरहेको छ ।

त्यसैगरी, सूर्योदय नगरपालिकास्थित पशुपतिनगर बजार रुङसुङ्ग बृहत् खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित सिस्ने बाघखोर कोल्बुङ खानेपानी आयोजना र फाकफोकथुम गाउँपालिकास्थित एकतप्पा खानेपानी आयोजनामा रु सात/सात लाख, सूर्योदय नगरपालिकास्थित पाख्रिनगाउँ खानेपानी आयोजना, धर्जे मकरजुङ खानेपानी आयोजना, रोङ गाउँपालिकास्थित गोयाङखोला–भुत्तेखोला–एकराते खानेपानी आयोजना र माईजोगमाई गाउँपालिकास्थित प्रेमेजोङ बृहत् खानेपानी आयोजनाको मर्मतसम्भार भइरहेको छ ।

प्रदेश सरकारले इलामका विभिन्न पालिकामा ६४ वटा खानेपानी आयोजनामा रु पाँच लाखका दरले रकम विनियोजन गरी नयाँ निर्माण तथा मर्मतसम्भारको काम तीव्र बनाएको डिभिजन कार्यालयले जनाएको छ । तीमध्ये ३७ वटा खानेपानी आयोजनाहरु नयाँ निर्माण र २७ वटा पुराना खानेपानी आयोजनाको मर्मतसम्भार भएको डिभिजन कार्यालयले जनाएको छ । तीमध्ये कतिपयको सम्पन्न भइसकेका छन्भने कतिपय अन्तिम चरणमा पुगेको डिभिजन कार्यालय प्रमुख काफ्लेले बताउनुभयो । रासस