१३ पुष २०८१, शनिबार
,
Latest
‘लोकतन्त्र स्थापनामा पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण छ’ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युनको पक्ष र विपक्षमा देशव्यापी विरोध प्रदर्शन एकताबद्ध प्रयासबाट समृद्धि हासिल गर्न सकिने आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास-फोटोफिचर भारतीय पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसहित निगमबोध घाटमा अन्त्येष्टि यी ४ रोग छन् भने केरा नखानुहोस् ‘राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार गठन हो’ प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह त्रिभुवन विश्वविद्यालयबाट चौध हजार दीक्षित ओलीलाई घनश्यामको सुझावः पार्टी नेतृत्वमा तपाईंका नीति असफल भइसके, नेतृत्व छोड्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदका कर्मचारीको माग वार्ताबाट अविलम्व समाधान गर्नुपर्छ: ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय संसद सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्ने बताउनु भयो । संघीय संसद सचिवालयका कर्मचारीहरु केही दिन यता सेवा सुविधाको माग सहित आन्दोलनमा छन् । उनीहरुले ११ बुँदे मागसहित आन्दोलन गरिरहेका छन् ।

उहाँले भन्नुभयो, ‘यो वार्ताद्वारा अविलम्व सकारात्मक निस्कर्षका साथ समाधान गर्नुपर्छ ।’

उनीहरुले संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद भ्वन परिसरमै बिरोध जनाएका थिए ।